शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

८ सय ५१ कर्मचारीको स्तरवृद्धि

बिहीबार, २१ मङ्सिर २०८०, १७ : २९
बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौँ । स्वास्थ्य सेवा विभाग अन्तर्गत कार्यरत आठ सय भन्दा बढी कर्मचारीको स्तरवृद्धि भएको छ । सहायक चौथो तहका ल्याब असिस्टेन्ट, डार्करुम असिस्टेन्ट, कोल्ड चेन असिस्टेन्ट अहेब, अनमी लगायत कर्मचारीको स्तरवृद्धि भएर सहायक पाँचौँ अर्थात् सिनियर ल्याब असिस्टेन्ट, डार्करुम असिस्टेन्ट, कोल्ड चेन असिस्टेन्ट अहेब, अनमी भएको विभागको सूचनामा उल्लेख छ । 

जसअनुसार ल्याब असिस्टेन्ट, डार्करुम असिस्टेन्ट, कोल्ड चेन असिस्टेन्ट अहेब, अनमी गरी आठ सय ५१ जनाको स्तरवृद्धि भएको छ । ल्याब असिस्टेन्ट, डार्करुम असिस्टेन्ट, कोल्ड चेन असिस्टेन्ट लगायतको ५ सय ९७ जनाको सहायक चौथो तहबाट सहायक पाँचौँमा स्तरवृद्धि भएको छ । 

यस्तै, २ सय ५४ जनाको अनमीबाट सिनियर अनमी अर्थात् सहायक चौथो तहबाट सहायक पाँचौँमा स्तरवृद्धि भएको सूचनामा उल्लेख छ । स्तरवृद्धि निर्णयमा त्रुटि भएको पाइएमा सच्याउन, संशोधन गर्न र बदर समेत गर्न सकिने विभागको सूचनामा भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप