८ सय ५१ कर्मचारीको स्तरवृद्धि
काठमाडौँ । स्वास्थ्य सेवा विभाग अन्तर्गत कार्यरत आठ सय भन्दा बढी कर्मचारीको स्तरवृद्धि भएको छ । सहायक चौथो तहका ल्याब असिस्टेन्ट, डार्करुम असिस्टेन्ट, कोल्ड चेन असिस्टेन्ट अहेब, अनमी लगायत कर्मचारीको स्तरवृद्धि भएर सहायक पाँचौँ अर्थात् सिनियर ल्याब असिस्टेन्ट, डार्करुम असिस्टेन्ट, कोल्ड चेन असिस्टेन्ट अहेब, अनमी भएको विभागको सूचनामा उल्लेख छ ।
जसअनुसार ल्याब असिस्टेन्ट, डार्करुम असिस्टेन्ट, कोल्ड चेन असिस्टेन्ट अहेब, अनमी गरी आठ सय ५१ जनाको स्तरवृद्धि भएको छ । ल्याब असिस्टेन्ट, डार्करुम असिस्टेन्ट, कोल्ड चेन असिस्टेन्ट लगायतको ५ सय ९७ जनाको सहायक चौथो तहबाट सहायक पाँचौँमा स्तरवृद्धि भएको छ ।
यस्तै, २ सय ५४ जनाको अनमीबाट सिनियर अनमी अर्थात् सहायक चौथो तहबाट सहायक पाँचौँमा स्तरवृद्धि भएको सूचनामा उल्लेख छ । स्तरवृद्धि निर्णयमा त्रुटि भएको पाइएमा सच्याउन, संशोधन गर्न र बदर समेत गर्न सकिने विभागको सूचनामा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण