बलिउड अभिनेता जुनियर महमुदको निधन
मुम्बई । बलिउड अभिनेता जुनियर महमुदको निधन भएको छ । ६७ वर्षीय महमुदको गत राति मुम्बईस्थित आफ्नै निवासमा निधन भएको हो । उनी लामो समयदेखि पेटको क्यान्सरबाट पीडित थिए । उनको मृत्युको पुष्टि उनका परिवार नजिक सलाम काजीले गरेका छन् । अभिनेताको आज शुक्रबार अन्तिम संस्कार हुनेछ ।
जुनियर महमुदको फिल्म नाम यो थियो । उनको बास्तिबिक नाम भने नईम सैयदको हो । उनले ‘हात्ती मेरो साथी’, ‘कारवां’ र ‘मेरो नाम जोकर’ जस्ता धेरै चर्चित फिल्ममा अभिनय गरेका छन् ।
जुनियर महमूद लामो समयदेखि पेटको क्यान्सरबाट पीडित थिए । उनको मुम्बईस्थित टाटा मेमोरियल अस्पतालमा उपचार भइरहेको थियो । पछिल्ला २ महिनादेखि उनको अवस्था नाजुक हुँदै गएको थियो । मेडिकल रिपोर्टका अनुसार उनको कलेजो र फोक्सोमा पनि क्यान्सर फैलिएको थियो ।
पेटको आन्द्रामा ट्युमर पनि बनेको थियो । अन्ततः उनलाई जन्डिस पनि भयो । सन् १९६२ मा रिलिज फिल्म ‘नौनिहाल’ बाट बालकलाकारको रुपमा अभिनय सुरु गरेका जुनियर महमुदले २५० बढी फिल्ममा काम गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण