कर्णाली सरकारले पठायो जिल्लामा चार करोडभन्दा बढी रकम
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्राकृतिक विपत्तिले क्षति पुर्याएका घरहरुका लागि चार करोडभन्दा बढी रकम जिल्लामा पठाएको छ ।
कर्णाली विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले विपद् उद्धार तथा राहत वितरण सम्बन्धी कार्यविधि ०७९ अनुसार उक्त रकम जिल्ला प्रशासन कार्यालयहरुको नाममा पठाइएको हो ।
बाढी, पहिरो, हावाहुरी, चट्याङ्, भूकम्पलगायतका कारणबाट भएको घर क्षति बापत राहत तथा उद्धार कार्य गर्ने प्रयोजनका लागि उक्त रकम पठाइएको कर्णाली सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।
उनका अनुसार राहत वितरण शीर्षकमा सुर्खेतमा ५० लाख, दैलेखमा साढे ४० लाख, जाजरकोटमा ७० लाख, सल्यानमा ५१ लाख, जुम्लामा ५० लाख, हुम्लामा ५१।५ लाख, कालिकोटमा ५० लाख, मुगुमा ५३ लाख र डोल्पामा ३० लाख बराबर रकम पठाइएको छ । उक्त रकम सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले कार्यान्वयन गर्ने छन् ।
यस्तै भूकम्प प्रभावित क्षेत्रका पालिकाहरुमा यसअघि नै राहत तथा उद्धारका लागि दुई करोड ४० लाख रकम पनि पठाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
-
अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
-
भोटिङ मेसिनमा उम्मेदवारको वरीयताप्रति गणेश कार्कीको आपत्ति
-
समूह ‘सी’ को निर्णायक भिडन्तमा ब्राजिल र स्कटल्याण्ड भिड्दै, नेयमार टोली बाहिर
-
स्वीट्जरल्याण्ड समूह विजेता बन्दा कतार बाहिरियो, बोस्नियाको भाग्य अन्य समूहको हातमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण