शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास सम्पन्न

शुक्रबार, २२ मङ्सिर २०८०, १९ : ४६
शुक्रबार, २२ मङ्सिर २०८०

काठमाडौँ । नेपाली सेना र भारतीय सेनाका फौज सहभागी भएका सूर्य किरण संयुक्त अभ्यास सम्पन्न भएको छ । गत मङ्सिर ८ गतेदेखि भारतको पिथौरागढमा सञ्चालित संयुक्त तालिम अभ्यास बिहीबार समापन भएको हो । 

नेपाली सेनाबाट प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा ३३४ जनाको सहभागिता रहेको सो सूर्यकिरण संयुक्त अभ्यास प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद, जोखिम व्यवस्थापनमा आधारित थियो । 

नेपाल र भारतमा आलोपालो सञ्चालन हुने यस अभ्यासको १७ औँ संस्करण भारतमा सञ्चालन भएको हो । अभ्यासको निरीक्षणको लागि नेपाली सेनाको तर्फबाट सहायक रथी सानुकाजी थापा खटिनु भएको थियो । 

अभ्यास समापन पश्चात् आज नेपाली सेनाको टोली स्वदेश फिर्ता भएको नेपाली सेना जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप