छट्टाछट्टै दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते
चितवन । जिल्लाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२८ का ४८ वर्षीय रणबहादुर बानियाँ र पैदलयात्री भरतपुर महानगरपालिका–१९ कि ३५ वर्षीया सरस्वती गुरुङको दुर्घटनामा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज भरतपुर महानगरपालिका–१८ गुञ्जनगरमा भीमनगरबाट वडा कार्यालयतर्फ जाँदै गरेको ना ५१ प ६४९२ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा सरस्वती गुरुङको मृत्यु भएको हो । उनको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
सो दुर्घटनामा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१८ का ३० वर्षीय आइतसिंह घर्ती र पछाडी सवार निजको श्रीमती वर्ष २६ की सुशीला घर्ती घाइते भएकी छन् । उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै बिहीबार भएको दुर्घटनामा घाइतेमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२८ अन्द्रौलिमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलको पछाडी सवार रणबहादुर बानियाँको मृत्यु भएको हो । गोलाघाटबाट मेघौलीतर्फ आउँदै गरेको बा प्र–०६–०१प ३४७६ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा आज मृत्यु भएको हो ।
मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२७ का २७ वर्षीय राजन मल्ल घाइते भएका छन् छ । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।–
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई छिमेकी मुलुकमा परराष्ट्रमन्त्री खनालको भ्रमण : के देखियो समानता ?
-
मन्त्री पुन भन्छन्– नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ
-
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
-
खण्डहर देउवा निवासमा टाँसियो अख्तियारले आरजुलाई बयानमा बोलाएको पत्र, तस्बिरहरू
-
युद्धकालीन उच्चबिन्दुभन्दा ३५ डलर तल झर्यो तेल
-
आगामी मौद्रिक नीतिका लागि उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको १२ बुँदे सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण