बुधबार, १९ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पहिलो हप्तामा नै एनिमलले तोड्यो यी रेकर्ड

शनिबार, २३ मङ्सिर २०८०, ०६ : ४२
शनिबार, २३ मङ्सिर २०८०

मुम्बई । रणवीर कपूरको फिल्म एनिमलले पुराना रेकर्ड तोड्दै हरेक नयाँ दिनसँगै नयाँ रेकर्ड बनाइरहेको छ । फिल्मले बक्स अफिसमा हलचल मच्चाएको छ ।

फिल्मको हिन्दी संस्करणले बिहीबार २२.३५ करोड भारतीय रुपैयाँ कमाएको थियो । जहाँ यसको साउथ संस्करणले बिहीबार १.७८ करोड रुपैयाँ कमाएको थियो ।

योसँगै यसको हिन्दी संस्करणको कुल सङ्कलन ३००.८१ करोड र दक्षिण संस्करणको कूल सङ्कलन ३७.८२ करोड पुगेको छ। यस्तो अवस्थामा सबै भाषासहित एनिमलले घरेलु बक्स अफिसमा ७ दिनमा कुल ३३८.६३ करोडको व्यापार गरेको छ ।

एनिमलको हिन्दी संस्करणको कलेक्सन
- शुक्रबार- ६३.८० करोड
- शनिबार- ६६.२७ करोड
- आइतबार- ७१.४६ करोड
- सोमबार- ४३.९६ करोड
- मंगलबार- ३७.४७ करोड
- बुधबार- ३०.३९ करोड
- बिहीबार- २४.२३ करोड
- कुल (हिन्दी कलेक्सन) – ३००.८१ करोड
साउथमा एनिमलको कलेक्सन
- शुक्रबार- ९.०५ करोड
- शनिबार- ८.९० करोड
- आइतबार- ७.२३ करोड
- सोमबार- ४.४१ करोड
- मंगलबार- ३.८० करोड
- बुधबार- २.६५ करोड
- बिहीबार- १.७८ करोड
- कूल (साउथ कलेक्सन) – ३७.८२ करोड
- एनिमलको कूल भारतीय बक्स अफिस कलेक्सन – ३३८.६३ करोड।
७ दिनमा ५६३.३ करोडको ग्लोबल कलेक्सन
अब फिल्मको ग्लोबल कलेक्सनको कुरा गर्ने हो भने पहिलो साता नै ५६३.३ करोडको रेकर्ड बनाएको छ ।

दिन प्रति दिन ग्लोबल कलेक्सन
- शुक्रबार- ११६ करोड
- शनिबार- १२० करोड
- आइतबार- १२० करोड
- सोमबार- ६९ करोड
- मंगलबार- ५६ करोड
- बुधबार- ४६.६० करोड
- बिहीबार- ३५.७० करोड
- कूल सङ्कलन- ५६३.३० करोड

एनिमलले पहिलो हप्तामा यी रेकर्ड तोड्यो
- पहिलो हप्तामा तेस्रो सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बन्यो।
- पहिलो हप्तामा सबैभन्दा धेरै कमाउने गैर-होलिडे रिलीज भयो।
- सबैभन्दा धेरै कमाउने 'एडल्ट सर्टिफिकेट' पाउने चलचित्र बन्यो।
- अन्य फिल्मसँग टक्कर भए पनि, यो पहिलो हप्तामा सबैभन्दा धेरै कमाउने फिल्म बन्यो।

हिन्दी संस्करणमा सबैभन्दा धेरै कमाउने चलचित्रहरू
- जवान- ३२७.८८ करोड [बिहीबारदेखि बुधबार]
- पठान- ३१८.५० करोड [बुधवारदेखि मंगलबार]
- एनिमल- ३००.८१ करोड [शुक्रबारदेखि बिहीबार]
- गदर २- २८४.६३ करोड [शुक्रबारदेखि बिहीबार]

अर्कोतर्फ, एनिमलसँग रिलिज भएको विक्की कौशलको फिल्म साम बहादुरले अहिलेसम्म ३८.८ करोडको बक्स अफिस कलेक्सन गरेको छ । फिल्मले बिहीबार ३ करोड कमाएको छ ।

एनिमलसँग जुधेको कारण सामबहादुरलाई निकै घाटा भएको छ । यो फिल्म एक्लै रिलिज भएको भए अहिलेसम्म ५० देखि ७० करोड रुपैयाँ कमाउन सक्थ्यो । विश्वव्यापी रूपमा यो फिल्मको कलेक्सन ४९.७५ करोड पुगेको छ । फिल्मले ओपनिङ डेमै ६.२५ करोड कमाएको थियो ।

सन् २०१८ मा रिलिज भएको रणवीर कपुरको फिल्म सञ्जुले विश्वभर ५८६ करोड रुपैयाँ कलेक्सन गरेको थियो । यो रणवीरको अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने फिल्म हो । एनिमलले जति कमाइ गरिरहेको छ, त्यसले ‘सञ्जु’को कीर्तिमान तोड्ने निश्चित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप