कविता
सम्पत्ति जोड्नेहरू र देश छोडनेहरू
शनिबार, २३ मङ्सिर २०८०, १३ : १०
सम्पत्ति जोड्ने
र देश छोड्ने
दुवैको भिन्न–भिन्न लक्ष्य
पदमा हुने
र अभावमा रुने
दुवैको जीवनको आ–आफ्नै पक्ष ।
सम्पत्ति जोड्ने
र पदमा हुने
कमाइरहेका
रमाइरहेका ।
देश छोड्ने
र अभावमा रुने
बिछोडिएका
निचोडिएका ।
सम्पत्ति जोड्ने
र पदमा हुने
दुवैका ठूलाठूला कुरा
देश छोड्ने
र अभावमा रुने
दुवैका आँसुका धारा ।
कतै जाल
कतै बेहाल
यस्तै छ देशको हाल
कोही भाषण छाँट्ने नेता
कोही रुँदै
बच्चालाई माया गर्दै
एयरपोर्टमा हातमा पासपोर्ट
निधारमा रातो अक्षेता ।
सम्पत्ति जोड्ने
र देश छोड्ने
एउटा हाँसोमा अर्को पीडामा
पदमा हुने
र अभावमा रुने
एउटा पुष्प बास्नामा अर्को काँडामा
(लस एन्जेलसबाट)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण