कविता
सम्पत्ति जोड्नेहरू र देश छोडनेहरू
शनिबार, २३ मङ्सिर २०८०, १३ : १०

सम्पत्ति जोड्ने
र देश छोड्ने
दुवैको भिन्न–भिन्न लक्ष्य
पदमा हुने
र अभावमा रुने
दुवैको जीवनको आ–आफ्नै पक्ष ।
सम्पत्ति जोड्ने
र पदमा हुने
कमाइरहेका
रमाइरहेका ।
देश छोड्ने
र अभावमा रुने
बिछोडिएका
निचोडिएका ।
सम्पत्ति जोड्ने
र पदमा हुने
दुवैका ठूलाठूला कुरा
देश छोड्ने
र अभावमा रुने
दुवैका आँसुका धारा ।
कतै जाल
कतै बेहाल
यस्तै छ देशको हाल
कोही भाषण छाँट्ने नेता
कोही रुँदै
बच्चालाई माया गर्दै
एयरपोर्टमा हातमा पासपोर्ट
निधारमा रातो अक्षेता ।
सम्पत्ति जोड्ने
र देश छोड्ने
एउटा हाँसोमा अर्को पीडामा
पदमा हुने
र अभावमा रुने
एउटा पुष्प बास्नामा अर्को काँडामा
(लस एन्जेलसबाट)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीले साबेल समातेपछि... (तस्बिरहरू)
-
तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री
-
फेसबुकमा ‘अलबिदा’ लेख्ने डाक्टरले भेटे गृहमन्त्री
-
रवीन्द्र मिश्रको बयान न्यायाधीश तारादेवी महर्जनको इजलासमा
-
प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई उपेक्षा, कुन प्रदेशको बजेट कस्तो ?
-
तीन प्रदेशका १५ अस्पतालबाट मुटु रोगको निःशुल्क उपचार