शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा नेपालको केन्द्रीय समिति बैठकका लागि कार्यपत्र र प्रतिवेदनहरू पारित

शनिबार, २३ मङ्सिर २०८०, १७ : ३६
शनिबार, २३ मङ्सिर २०८०

काठमाडौँ । राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । बैठकले भोलि देखि काठमाडौँमा सुरु हुने केन्द्रीय समितिको बैठकको एजेन्डा सङ्गै बैठकमा प्रस्तुत हुने कार्यपत्र र प्रतिवेदनहरू परिमार्जनसहित पास गरेको छ । 

पार्टी अध्यक्ष कमल थापाद्वारा प्रस्तुत "भ्रष्ट व्यवस्थाको अन्त्य, संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको स्थापना र सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लागि जनआन्दोलन तथा राष्ट्रिय मोर्चाको निर्माण" बारे प्रस्तुत राजनीतिक कार्यपत्र, महामन्त्री राजाराम बर्तौलाद्वारा प्रस्तुत संगठन विभागको प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने गरी अनुमोदन गरिएको बैठक पछि महामन्त्री बर्तौलाले जानकारी दिए । 

भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठक पर्सि पनि सञ्चालन हुनेछ भने पर्सि दिउँसो काठमाडौँ उपत्यका भेला मार्फत निर्णयहरू सार्वजनिक गर्ने पार्टीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप