राप्रपा नेपालको केन्द्रीय समिति बैठकका लागि कार्यपत्र र प्रतिवेदनहरू पारित
काठमाडौँ । राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । बैठकले भोलि देखि काठमाडौँमा सुरु हुने केन्द्रीय समितिको बैठकको एजेन्डा सङ्गै बैठकमा प्रस्तुत हुने कार्यपत्र र प्रतिवेदनहरू परिमार्जनसहित पास गरेको छ ।
पार्टी अध्यक्ष कमल थापाद्वारा प्रस्तुत "भ्रष्ट व्यवस्थाको अन्त्य, संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको स्थापना र सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लागि जनआन्दोलन तथा राष्ट्रिय मोर्चाको निर्माण" बारे प्रस्तुत राजनीतिक कार्यपत्र, महामन्त्री राजाराम बर्तौलाद्वारा प्रस्तुत संगठन विभागको प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने गरी अनुमोदन गरिएको बैठक पछि महामन्त्री बर्तौलाले जानकारी दिए ।
भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठक पर्सि पनि सञ्चालन हुनेछ भने पर्सि दिउँसो काठमाडौँ उपत्यका भेला मार्फत निर्णयहरू सार्वजनिक गर्ने पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण