‘सहकारीलाई उत्पादनसँग जोड्नुपर्छ’
रामपुर । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सहकारीलाई उत्पादनसँग जोडेर काम गर्नुपर्ने बताएका छन् ।
पाल्पाको रामपुरमा रहेको रामपुर बचत तथा ऋण सहकारी संस्थाको १६औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले सहकारीमा बचत गर्ने मात्रै नभई सेयर सदस्यलाई उत्पादनमूलक क्षेत्रमा कसरी लगाउन भन्नेमा जोड दिनुपर्ने बताए ।
सहकारीले धेरैलाई रोजगार दिएको उल्लेख गर्दै मुख्यमन्त्री चौधरीले अब रोजगारसँगै उत्पादनमा जोडिन सुझाव दिए । ठूला व्यवसाय सञ्चालन गरेर एकैपटक धेरैलाई रोजगार दिन सकियो भन्ने मात्र आर्थिक समृद्धि हुने उनको भनाइ छ ।
लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य तथा सहकारीका संस्थापक अध्यक्ष राजुप्रसाद श्रेष्ठले रामपुरको विकासका लागि यस सहकारीले सामाजिक क्षेत्रमा काम गरिरहेको बताउँदै पूर्वी पाल्पाको विकासका गतिविधिबारे जानकारी दिए ।
श्रेष्ठले रामपुर आर्यभन्ज्याङ सडक, रामपुर फाट सिँचाइ आयोजना, प्रदेश सरकारको मातहतमा रहेको रामपुर अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध गराउनुपर्ने, प्रदेशको चार वटा भौतिक नमूना सहरमध्ये रामपुर पनि छनोटमा परेकाले रामपुरलाई भौतिक सहरको नमूना सहर स्थापनाका लागि विस्तृत योजना बनाएर छिटो अगाडि बढाउन अनुरोध गरेका छन् ।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले छरिएर रहेका पुँजीलाई सहकारीले सङ्कलित उपयोग गरेको बताउँदै सहकारीमार्फत आयआर्जनका क्षेत्रमा रामपुर नगरपालिका हातेमालो गरेर काम गरेको उल्लेख गरे ।
सहकारीका अध्यक्ष गुरुप्रसाद रेग्मीले छरिएर रहेको पुँजीलाई एकीकृत गरी झोलाबाट सुरु भएको सहकारी अहिले सुविधा सम्पन्न भौतिक पूर्वाधारसहित नमूना सहकारीको रूपमा अगाडि बढाइएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकले हजार उठबस गराएपछि जीवनभर अशक्त भए किशोर
-
एकै दिनमा लगभग एक हजार आप्रवासी च्यानल पार गरेर बेलायत प्रवेश
-
भारतको मुम्बईमा आगलागी हुँदा सात जनाको मृत्यु
-
कारागारका कैदीलाई साब्लाबुङ अभियानले दियो नौ सय थान बढी पुस्तक
-
इजरायली हवाई आक्रमणबाट गाजामा १७ जनाको मृत्यु
-
सिन्धुलीका छ स्थानमा यात्रु सहायता कक्ष स्थापना