परिवर्तित खेलाडी मुआनीको गोलमा ‘लिग लिडर’ पीएसजीको रोमाञ्चक जित
काठमाडौँ । फ्रेन्च लिग फुटबलको आफ्नो पछिल्लो खेलमा ‘लिग लिडर’ पेरिस सेन्ट जर्मन (पीएसजी) ले रोमाञ्चक जित हासिल गरेको छ । पीएसजीले शनिबार राति सम्पन्न प्रतिस्पर्धात्मक खेलमा नान्तेसलाई २—१ गोलले हराएको हो ।
पीएसजीले खेलको पहिलो हाफमै गोल गर्दै घरेलु समर्थकलाई खुसी बनाएको थियो । खेल सुरु भएको ४१औँ मिनेटमा पीएसजीका लागि ब्राड्ली बार्कोलाले गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा पीएसजी अगाडि रह्यो ।
तर, दोस्रो हाफको खेल सुरु भएको केही समयपछि नै नान्तेसले जवाफी गोल फर्कायो । नान्तेसका लागि ५५औँ मिनेटमा मोस्तफा मोहमदले जवाफी गोल गरेका थिए । त्यसपछि खेल निकै रोचम मोडमा पुगेको थियो ।
खेल निकै प्रतिस्पर्धात्मक रुपमा अघि बढिरहँदा ८३औँ मिनेटमा ¥यान्डल कोलो मुआनीले पीएसजीका लागि निर्णायक गोल गरेका थिए । उनी परिवर्तित खेलाडीका रुपमा मैदानभित्र प्रवेश गरेका थिए । जितसँगै पीएसजीले आफ्नो अग्रता पनि फराकिलो बनाएको छ ।
जारी सिजनको लिगमा १५ खेल खेलेको पीएसजी ३६ अंकसहित पहिलो स्थानमा छ । पीएसजीले ११ जित, तीन बराबरी र एक हारको नतिजा निकालेको छ । तालिकाको दोस्रो स्थानमा आसिन मोनाकोले भने समान खेलबाट ३० अंक बटुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण