सिन्धुपाल्चोक पुग्दा ओलीले सम्झे ‘अविरल बग्दछ इन्द्रावती’
आइतबार, २४ मङ्सिर २०८०, १७ : २०
१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको टोली आइतबार नुवाकोटबाट सिन्धुपाल्चोक हुँदै काभ्रे पुगेको छ । गत मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा आइतबार काभ्रेको कुन्तावेसी पुगेको हो ।
अध्यक्ष ओली नुवाकोटबाट काभ्रे जानेक्रममा सिन्धुपाल्चोकको बाहुने पाटी हुँदै गएका थिए ।
बाहुनेपाटीमा स्थानीयसँग भेटवार्ता गरेका ओलीले सहभागीहरुको तस्बिर राख्दै आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सिन्धुपाल्चोकको बाहुने पाटीमा हाम्रो यात्रा । मैले यहाँ आइपुग्दा साहित्यकार रमेश विकलले लेखेको कथामा आधारित टेलिफिल्म अविरल बग्दछ इन्द्रावती सम्झेँ, आसपासका माझी वस्ती सम्झेँ । तपाईहरुले पनि सम्झनु भयो होला ।’
ओली सिन्धुपाल्चोकको बाहुनेपाटी पुग्दा कार्यकर्ताहरुले एक सय किलोको मालाले स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण