बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

भारोत्तोलन टोली कतार जाँदै

आइतबार, २४ मङ्सिर २०८०, १९ : ४२
आइतबार, २४ मङ्सिर २०८०

काठमाडौँ । आईडब्लुएफ ग्रान्ड प्रि– २ च्याम्पियनसिपमा सहभागी हुन एक जना खेलाडीसहित ३ सदस्यीय नेपाली भारोत्तोलन टोली सोमबार कतारको दोहा प्रस्थान गर्दैछ ।

मङ्सिर १८ गतेदेखि सुरु भइसकेको प्रतियोगितामा सागर भण्डारीले पुरुष १०९ केजीमाथि तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । सागरको खेल भने प्रतियोगिताको अन्तिम दिन मङ्सिर २८ गते रहेको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जनाएका छन् ।

प्रशिक्षकमा जीवन गौतम तथा व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबिच बिदाइ गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप