म्यानमार लगेर बन्धक बनाएको आरोपमा युवक पक्राउ
काठमाडौँ । म्यानमार लगेर बन्धक बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौँको बाँसबारी घर भएका ३६ वर्षीय बुद्ध लामालाई पक्राउ गरिएको मानव बेचबिखन ब्युरोका एसएसपी जीवन श्रेष्ठले रातोपाटीलाई बताए ।
थाइल्यान्डमा ‘अङ्ग्रेजी ट्रान्सलेटर’को काम लगाइदिन्छु भनेर आरोपीले नेपाली नागरिकलाई म्यानमारको म्यावडीस्थित कम्पनीमा लगेर अनलाइन ठगीमा लगाएको आरोप छ । आरोपीले पीडितहरूसँग १ लाख ५० हजार लिएर म्यानमार पठाएपछि त्यहाँ अनलाइनमार्फत युरोपियन र अमेरिकालाई ट्र्यापमा पारेर बिट क्वाइनमा लगानी गर्ने नाममा ठगी गर्ने तालिम दिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
अनलाइनमा मार्फत अमेरिकन र युरोपियनलाई लगानी गराउन र ठग्न आरोपीहरूले पीडितलाई ‘टार्गेट’ दिने गरेका थिए । तोकेको टार्गेट नपुगे उनीहरुले करेन्ट लगाउने र मानसिक यातना दिने गरेको पीडितहरूले प्रहरीलाई बताएका छन् ।
एक जना पीडित नेपाली १० महिना पनि नेपाल फर्कन म्यानमारमा ८ लाख तिर्न बाध्य भएका थिए । घटनामा संलग्न अन्य आरोपीहरूको खोजी भइरहेको एसएसपी श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण