बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

म्यानमार लगेर बन्धक बनाएको आरोपमा युवक पक्राउ

आइतबार, २४ मङ्सिर २०८०, २२ : १७
आइतबार, २४ मङ्सिर २०८०

काठमाडौँ । म्यानमार लगेर बन्धक बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौँको बाँसबारी घर भएका ३६ वर्षीय बुद्ध लामालाई पक्राउ गरिएको मानव बेचबिखन ब्युरोका एसएसपी जीवन श्रेष्ठले रातोपाटीलाई बताए ।

थाइल्यान्डमा ‘अङ्ग्रेजी ट्रान्सलेटर’को काम लगाइदिन्छु भनेर आरोपीले नेपाली नागरिकलाई म्यानमारको म्यावडीस्थित कम्पनीमा लगेर अनलाइन ठगीमा लगाएको आरोप छ । आरोपीले पीडितहरूसँग १ लाख ५० हजार लिएर म्यानमार पठाएपछि त्यहाँ अनलाइनमार्फत युरोपियन र अमेरिकालाई ट्र्यापमा पारेर बिट क्वाइनमा लगानी गर्ने नाममा ठगी गर्ने तालिम दिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

अनलाइनमा मार्फत अमेरिकन र युरोपियनलाई लगानी गराउन र ठग्न आरोपीहरूले पीडितलाई ‘टार्गेट’ दिने गरेका थिए । तोकेको टार्गेट नपुगे उनीहरुले करेन्ट लगाउने र मानसिक यातना दिने गरेको पीडितहरूले प्रहरीलाई बताएका छन् ।

एक जना पीडित नेपाली १० महिना पनि नेपाल फर्कन म्यानमारमा ८ लाख तिर्न बाध्य भएका थिए । घटनामा संलग्न अन्य आरोपीहरूको खोजी भइरहेको एसएसपी श्रेष्ठले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप