बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

साझा यातायातको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान

सोमबार, २५ मङ्सिर २०८०, ०६ : ४३
सोमबार, २५ मङ्सिर २०८०

काठमाडौँ । साझा यातायातमा रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ ।  सूचना प्रथम पटक प्रकाशित मितिले ३५ दिनभित्र यातायातको प्रधान कार्यालय ललितपुरमा रीतपूर्वक दरखास्त आह्वान गरिएको हो । 

दरखास्त दिने व्यक्तिको कम्तीमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरी सार्वजनिक वा सङ्गठित सङ्घ संस्थामा दशौँ तह वा सो सरहको श्रेणीको जिम्मेवारी लिइसकेको हुनुपर्नेछ । त्यस्तै सहकारी वा सार्वजनिक प्रशासन वा यातायात व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० (दस) वर्षको अनुभव हासिल गरेको, दरखास्त दिने अन्तिम मितिसम्म पैँतिस वर्ष उमेर पूरा भएको र दरखास्त दिने अन्तिम मितिसम्म अन्ठाउन्न वर्ष उमेर ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

sajha

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप