निर्माण व्यवसायीको लापरवाहीका कारण ५०० परिवार खानेपानीबाट वञ्चित

रौतहट । आश्रय निर्माण सेवाको लापरवाहीका कारण कटहरिया नगरक्षेत्र अन्तर्गत झण्डै पाँचसय परिवार शुद्ध खानेपानीबाट वञ्चित भएका छन् ।
बाटो छेउमा ढल तथा नाला बनाउने क्रममा क्षति भएको खानेपानीको पाइप लगायतका संरचना आश्रय निर्माण सेवाले मर्मत नगर्दा स्थानीय पाँच सय परिवार झण्डै एक वर्षदेखि शुद्ध खानेपानीबाट वञ्चित भएका हुन् ।
आश्रय निर्माण सेवाले कटहरियामा ढल तथा नाला निर्माणको क्रममा लापरवाही गरेको स्थानीयले बताएका छन् । कटहरिया नगरपालिका वडा ४ र ५ (साविक कटहरिया गाविस)मा ढल तथा नाला निर्माणका लागि खानेपानी तेस्रो साना सहरी आयोजनाले दुई वर्ष अघि निकालेको ५४ करोडको टेन्डर आश्रय निर्माण सेवाले घटाघटमा ३४ करोडमा सकार गरेको थियो ।
सम्झौता अनुसार करोडौँको योजनाको काम आफैँले नगरेर साधन स्रोत नभएका ससाना पेटी ठेकदारमार्फत निर्माण गराएका कारण खानेपानीको लाखौँको संरचनामा क्षति पुगेको स्थानीयवासीको आरोप छ ।
कटहरिया वडा ४ र ५ बहादुरपुर, टोलापुर, बलरामपुरमा विभिन्न स्थानमा खानेपानीको पाइपमा भएको क्षति मर्मत नगरेका कारण करिब ५०० परिवार खानेपानी बाट एक वर्षदेखि वञ्चित भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष अध्यक्ष योगेन्द्र साहले जानकारी दिए । क्षति भएको संरचना मर्मतका लागि खानेपानी संस्थान पानीपोखरी, इटहरीले पटकपटक ताकेता गरे पनि कसैले वास्ता नगरेको अध्यक्ष साहको भनाइ छ ।
आश्रयले आफैँले निर्माणको काम नगरी पेटी ठेकेदारमार्फत काम गराएकाले अधिकांश संरचना कमजोर भएको ५ नम्बर वडाका अध्यक्ष सर्फलाल गुप्ताले बताए ।
आश्रय निर्माण सेवाका प्रोजेक्ट मेनेजर अजय गुप्ताले क्षति पुगेको संरचना तुरुन्तै मर्मत हुने बताए ।
पूर्व मन्त्री प्रभु साहको पहलमा उक्त योजना स्वीकृत भएको तथा कटहरिया नगरपालिकाको पूर्व मेयर सियाराम कुशवाहाको पालामा नगरपालिकाले १५ प्रतिशत लगानी गरेपछि निर्माण सुरू भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालको ओखलढुङ्गा जिल्ला अध्यक्षमा प्रकाश तामाङ निर्वाचित
-
यातायात कार्यालय पाल्पा : सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि
-
बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा आज
-
असन्तुष्टिमा खेल्ने प्रचण्ड र ज्ञानेन्द्रको योजना प्रत्युत्पादक, ओलीलाई हाइसन्चो !
-
नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातिको सवारी आवागमन वैशाख ३१ सम्म रोकिने
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची