मौद्रिक नीतिको समीक्षामा नीतिगत लचकता अपनाए पनि अर्थतन्त्रमा दबाब कायम छ : प्रधानमन्त्री दाहाल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत लचकता अपनाए पनि मुलुकको अर्थतन्त्रमा दबाब कायम रहेको दाबी गरेका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालको अर्थतन्त्र निकै ठुलो दबाबमा रहेको भन्दै सरकारले लगातार रुपमा सुधारको प्रयास गरिरहेको बताएका हुन् ।
उनले सुधारको प्रयासकै क्रममा राष्ट्र बैंकबाट मौद्रिक नीतिको समीक्षामार्फत भएका नीतिगत र व्यवहारिक निर्णयले अर्थतन्त्रमा सहजीकरण गर्ने भए पनि अर्थतन्त्र अझै दबाबमा रहेको दाबी गरे । उनले सरकारले राजनीतिक दलका नेता,निजी क्षेत्र र अर्थतन्त्रका विज्ञहरूसँग छलफल गरेर अर्थतन्त्र सुधारको लागि दिएको निर्देशनको आधारमा राष्ट्र बैंकले बैंकको ब्याजदर घटाउने, लघुवित्तका ऋणहरू र व्यवसायीहरूको ऋण फिर्ता गर्ने समय अवधि थप गरेको दाबी गरे ।
उनले भने, ‘जनतालाई भ्रमित पार्ने षड्यन्त्र भइरहेको छ । यो बिचमा केही समस्याहरू भए । नेपालको अर्थतन्त्र निकै ठुलो दबाबमा छ । सरकारले आफ्नो ठाउँबाट लगातार सुधारको प्रयास गर्दै जाँदा राष्ट्र बैंकबाट भएका नीतिगत र व्यवहारिक निर्णयले अर्थतन्त्रमा सहजीकरण गर्ने अवस्थासम्म आइपुगेको छ । मैले देशका सबै राजनीतिक दलका नेता,निजी क्षेत्रका सबै प्रतिनिधिहरू र विज्ञहरू बिच गम्भीर विमर्श गराएर केही निर्देशन जारी गरेको थिए । त्यही निर्देशन कार्यान्वयन गर्ने सन्दर्भमा राष्ट्र बैंकले बैंकको ब्याजदर घटाउने, कुरामा सहजीकरण गर्ने जस्ता काम भए । सरकारले निजी क्षेत्रले भनेको जस्तो नीति आएको भनेर अब अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै जान्छन् भनेर निजी क्षेत्रले भनेका छन् । तर त्यति हुँदा पनि नेपालको अर्थतन्त्र माथिको दबाब हटेको छैन । अझै पनि दबाब कायम नै छ । फर्मल तथ्याङ्कहरु हेर्दा तथ्याङ्कले एउटा कुरा भन्छ । रेमिट्यान्स बढ्यो, राजश्व पनि बढी रहेको छ । पर्यटन बढी रहेको छ । विदेशी मुद्राको सञ्चिति बढेको छ । सबै कुरा राम्रा छन् । दक्षिण एसियामा तुलना गर्दा हाम्रो राम्रो अवस्था छ । तर अर्थतन्त्र वास्तविक जीवनमा के भएको छ भने हेर्यो भने जनतामा उत्साह र आशा जागेको छैन ।’
प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारको लागि सरकारले आगामी नीति तथा कार्यक्रम र बजेट मार्फत संरचनागत सुधार गर्ने तयारी गरिरहेको बताए । उनले अर्थतन्त्र सुधारको लागि ठुलो रिफर्मको आवश्यकता रहेको भन्दै सरकार त्यो काम गर्ने तयारीमा रहेको पनि बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो पटक उद्यमी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री शाह
-
विभिन्न जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम
-
दार्चुलामा राज्यले गर्नुपर्ने काम धेरै छन् : सांसद ठगुन्ना
-
गभर्नर पौडेलको नयाँ अभ्यास : बजेटलाई सघाउने मौद्रिक नीतिको पूर्वगभर्नर नेपालद्वारा बचाउ
-
४४ निर्माण कम्पनीको लाइसेन्स खारेज (सूचीसहित)
-
धान फल्ने खेत मासेर अलैँचीखेती गर्दै माङसेबुङका किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण