संसदलाई सर्वोच्च विधायकी संस्थाको रुपमा प्रभावकारी बनाउनुपर्छः सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले संघीय संसदलाई सर्वोच्च विधायकी संस्थाको रुपमा प्रभावकारी बनाउनुपर्ने बतएका छन् ।
सोमवार संघीय संसद सचिवालयले आयोजना गरेको संसद सेवाको प्रभावकारिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संसदलाई सर्वोच्च विधायकी संस्थाको रुपमा प्रभावकारी बनाउनुपर्ने बताएका हुन् । उनले संसद सर्वोच्च विधायकी संस्था भएको उल्लेख गर्दै विधायकी संस्थालाई सर्वोच्च बनाउनुपर्नेमा जोड दिए । उनले संसदलाई प्रभावकारी बनाउनुपर्ने बताए ।
घिमिरेले संसदलाई प्रभावकारी बनाउनका लागि सबैको भुमिका हुने भन्दै आ–आफ्नो ठाउँबाट भुमिका खेल्न आग्रह पनि गरे ।
‘एउटा कुरा निश्चयपनि सर्वोच्च विधायकी संस्था हो संसद । मेरो चासो के हो भने यो सर्वोच्च विधायकी संस्था सर्वोच्च रुपमा छ कि छैन अहिले ? यसलाई सर्वोच्च रुपमा छ, अझ सर्वोच्च बनाउने, प्रभावकारी बनाउने के हो त्यो गर्नुपर्छ । छैन, त्यो बनाउनको लागि के गर्नुपर्छ ? यो बहस अन्तरक्रियाको शुरुवात हो । यसको निष्कर्षमा पु¥याउन सबैको जिम्मेवारी आ–आफ्नो ठाउँमा छ’, उनले भने ।
सभामुख घिमिरेले सार्वजनिक संस्थाहरुमा सक्षम मान्छेको नेतृत्वले पनि संस्थालाई परिणाम दिन नसक्ने गरेको भन्दै संस्थागत रुपले लान नसक्दा समस्या देखापर्ने गरेका बताए । उनले समस्या समाधानका लागि खुलस्त छलफल, अनुगमन, मुल्यांकन गर्दै कार्यसम्पादन गरे परिणाम निकाल्न सकिने बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण