गठबन्धन सरकार साम्प्रदायिकताको जगबाट उठेको छ : अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार साम्प्रदायिकताको जगबाट उठेको आरोप लगाएका छन् ।
झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत मंगलबार ओखलढुंगाको हर्कपुरमा आयोजित सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले गठबन्धन सरकार साम्प्रदायिकताको जगबाट उठेकाले उसले समाजमा साम्प्रदायिकतालाई मलजल गरिरहेको बताएका हुन् ।
‘अहिलेको गठबन्धन सरकार साम्प्रदायिकताको जगमा उठेको हो । त्यसकारण अहिले पनि साम्प्रदायिकताका पक्षहरुलाई भित्रभित्र बढवा दिएर चलिरहेको अवस्था छ’, अध्यक्ष ओलीको भनाइ । उनले एमालेले मात्रै सामाजिक न्याय र समानता कायम गर्ने बताए ।
‘त्यो सामाजिक न्याय र समानताका आधारमा सामाजिक सद्भाव र त्यो सामाजिक सद्भावका आधारमा राष्ट्रिय एकता र त्यो एकतावद्ध प्रयासबाट देशको विकास एमालेले मात्रै गर्नसक्छ’, ओलीको दाबी छ ।
उनले नेपाली दाजुभाइ दिदिबहिनीहरु अनावश्यक भावनामा बगेका भए त्यसले देश नबन्ने भन्दै देश बनाउन बलियो राष्ट्रिय एकता र समझदारी चाहिने बताए । उनले जनताका बिचमा फाटो ल्याउने नभई राष्ट्रिय एकता हुनुपर्ने बताए । ओलीले राजनीतिमा मतभेद हुनु स्वाभाविक भएपनि ती मतभेदहरुको समाधान गर्ने वैधानिक र कानुनी प्रक्रिया रहेको बताए ।
उनले एमालेको अभियान कसैको विपक्षमा नभएको पनि प्रस्ट पारे । ‘कसैको विपक्षमा होइन एमालेको अभियान देश र विकासको पक्षमा हो । त्यसैले कसैले चित्त दुखाउनुपर्ने आवश्यकता छैन’, ओलीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण