शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

शान्ति प्रक्रियाका बाँकी कामहरु तत्काल टुंग्याउन सांसदहरुको जोड

मङ्गलबार, २६ मङ्सिर २०८०, १८ : २४
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । द्वन्द्वका बेलामा बिछ्याएका बारुदी सुरुङ र विस्फोटक पदार्थ निर्मूल बनाइ शान्ति प्रक्रियाका बाँकी कामहरु तत्काल टुंग्याउन सांसदहरुले जोड दिएका छन् ।  

मंगलबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा भएको बारुदी सुरुङ र विस्फोटक पदार्थ विषय छलफलमा बोल्दै अधिकांश सांसदहरुले बारुदी सुरुङ र विस्फोटक पदार्थ निर्मूल बनाएर द्वन्द्वका बेलाका बाँकी कामहरु राष्ट्रिय सहमतिमा तत्काल टुग्याउनु पर्नेमा जोड दिएका हुन् । 

सांसदहरुले युद्धका बेलाका द्वन्द्वरत पक्ष र राज्य पक्ष दुवै मिलेर सरकार सञ्चालन गरिरहेकाले शान्ति प्रक्रियाको बाँकी काम तत्काल समाधान गर्न आवश्यक रहेको बताए । उनीहरुले शान्ति प्रक्रियाका बाँकी काम तत्काल नटुंग्याए समाजमा पुनः द्वन्द्व निम्तने खतरा बढेको बताए । 

राष्ट्रिय सभा सदस्य राजेन्द्र लक्ष्मी गैरेले राजनीतिक पार्टीहरुको बिचमा द्वन्द्वका बेलाका बाँकी कामहरु टुंग्याउन आवश्यक रहेको बताइन् । उनले इगो बनाई सरकारले तत्काल टुंग्याएर शान्तिपूर्ण रुपमा लैजान नसके समाजमा द्वन्द्व सिर्जना हुने बताइन् । उनले सरकारले शान्ति सम्झौता गरे पनि समाजमा विभिन्न खालका द्वन्द्व अहिले पनि रहेको बताइन् । उनले द्वन्द्वका बेला बिछ्याएका विष्फोटक पदार्थ लगायत अन्य विषयमा राज्यपक्ष समेत गम्भीर भएर समयमा नै टुंग्याए मात्रै बालबालिकालाई जोगाउन सकिने बताइन् ।

बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले द्वन्द्वका बेलाका बारुदी सुरुङ र विस्फोटक पदार्थ घटनाहरुका बाँकी कामहरु अझै बाँकी रहेको बताए । उनले द्वन्द्वका बाँकी काम तत्काल टुंग्याउन आवश्यक रहेको बताए । उनले सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोग कानुनी रुपमा टुग्याउनुपर्ने बताए । उनले बारुदी सुरुङ र विस्फोटक पदार्थबाट हुने घटनाहरु राष्ट्र र अन्तर्राष्ट्रिय समस्या भएको बताए । उनले साझा सवाल बनाएर द्वन्द्वका घाउहरु कोट्याउने भन्दा पनि अरु घाउ बढ्न नदिने कुरामा सररकार सचेत हुन आवश्यक रहेको बताए । उनले जनयुद्धको बेला सरकारी पक्षबाट होस वा विद्रोही पक्षबाट कोही न कोही प्रभावित भएको भन्दै  विद्रोही पक्षसँग युद्ध गर्ने हतियारहरु भएर नै शान्ति सम्झौता भएको दाबी गरे ।  

बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य विमला राई पौडेलले पनि युद्धको बेलाका राज्य पक्ष र द्वन्द्वरत पक्ष भएपनि अहिले दुबै पक्षले राज्य सञ्चालन गरिरहेको बताइन् । उनले दुवैले द्वन्द्वको बेला बिछ्याएका बारुदी सुरुङ र विस्फोटक पदार्थबाट भइरहेको घटना नियन्त्रण गर्न आवश्यक रहेको बताइन् । उनले अहिलेको सरकार नै द्वन्द्वरत पक्षको नेतृत्वमा रहेकाले शान्ति प्रक्रियाका बाँकी काम सक्न आवश्यक रहेको बताइन् । उनले द्वन्द्वको बेला बिछ्याएका बारुदी सुरुङ र विस्फोटक पदार्थबाट घाइते भएकाहरुको जिविकोपार्जनको लागि राज्यले गर्नुपर्ने कामको लागि टिआरपी विधेयक आवश्यक नभएको बताइन् ।

त्यस्तै बैठकमा बोल्दै बारुदी सुरुङ प्रतिबन्ध अभियानता पूर्णशोभा चित्रकारले सरकारले बनाएको बारुदी सुरुङ र विस्फोटक पदार्थ विरुद्धको ऐनको राज्यले पालना नगरेको बताइन् । उनले सर्वसाधारणको लागि ऐन लागू भएपनि राज्यले पालना नगरेको दाबी गरिन् । उनले शान्ति सम्झौतापछि २७ वटा राजनीतिक पार्टीहरुले बारुदी सुरुङ र विस्फोटक पदार्थ नियन्त्रणको लागि सम्झौता पत्रमा हस्ताक्षर भएपनि कार्यान्वयन कसैले नगरेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप