दिक्तेलबाट प्रधानमन्त्रीलाई ओलीको शुभकामना
मङ्गलबार, २६ मङ्सिर २०८०, २१ : ५९
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जन्मदिनको शुभकामना दिएका छन् । एमालेको संकल्प यात्रा अन्तरगत मंगलबार खोटाङको दिक्तेल पुगेका ओलीले प्रचण्डलाई फोन गरेर जन्मदिनको शुभकामना दिएका हुन् ।
‘आज रामेछाप, सिन्धुली, ओखलढुङ्गा र खोटाङ गरी हाम्रो यात्रा चार जिल्ला पार गर्यो। दिनभर व्यस्त थिएँ। साँझ दिक्तेल आएपछि प्रधानमन्त्री तथा मेरा मित्र पुष्पकमल दाहाल प्रचण्डसँग फोनमा कुरा भयो’, ओलीले सामाजिक सञ्जालमा भनेका छन्, ‘उहाँको आज जन्मदिन, जन्म दिनको शुभकामना !’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण