सहिद हेमन्त प्रधानको स्मृतिमा पुस २६ देखि प्रदेश स्तरीय भलिबल
काठमाडौँ । सहिद हेमन्त प्रधानको स्मृतिमा नेपाली कांग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेशस्तरीय खुला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुने उक्त प्रतियोगिता पुस २६ गतेदेखि सुरु हुनेछ ।
प्रतियोगितामा बागमती प्रदेशका १३ वटा जिल्लाका टोलीहरूको सहभागिता रहने आयोजकले जनाएको छ । सशस्त्र द्वन्द्वकाे समयमा २०५८ साल पुस २९ गते हत्या गरिएका प्रधानको सम्झनामा उनकै गृह नगरी दोलखाको जिरीमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगिता २९ गतेसम्म चल्ने जानकारी नेपाल कांग्रेस प्रदेश ‘क’ सभापति शुक्रराज तामाङले दिए । प्रतियोगिताको विजेता टोलीलाई दुई लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । यसैगरी दोस्रो हुने टोलीलाई एक लाख र तेस्रो हुने टोलीलाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।
यसैगरी सान्त्वना पुरस्कार बापत ३० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका क्रममा राष्ट्रिय स्तरका कलाकारहरूको उपस्थितिमा बृहत् सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण