बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सहिद हेमन्त प्रधानको स्मृतिमा पुस २६ देखि प्रदेश स्तरीय भलिबल

बुधबार, २७ मङ्सिर २०८०, १० : ०६
बुधबार, २७ मङ्सिर २०८०

काठमाडौँ । सहिद हेमन्त प्रधानको स्मृतिमा नेपाली कांग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेशस्तरीय खुला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुने उक्त प्रतियोगिता पुस २६ गतेदेखि सुरु हुनेछ ।

प्रतियोगितामा बागमती प्रदेशका १३ वटा जिल्लाका टोलीहरूको सहभागिता रहने आयोजकले जनाएको छ । सशस्त्र द्वन्द्वकाे समयमा २०५८ साल पुस २९ गते हत्या गरिएका प्रधानको सम्झनामा उनकै गृह नगरी दोलखाको जिरीमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगिता २९ गतेसम्म चल्ने जानकारी नेपाल कांग्रेस प्रदेश ‘क’ सभापति शुक्रराज तामाङले दिए । प्रतियोगिताको विजेता टोलीलाई दुई लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । यसैगरी दोस्रो हुने टोलीलाई एक लाख र तेस्रो हुने टोलीलाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।

यसैगरी सान्त्वना पुरस्कार बापत ३० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका क्रममा राष्ट्रिय स्तरका कलाकारहरूको उपस्थितिमा बृहत् सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप