राना प्रधानको गीत ‘सुस्त सुस्त’ सार्वजनिक
काठमाडौँ । डा. नारद पोखरेलको शब्द तथा गायिका संगीता राना प्रधानको स्वर रहेको नयाँ गीत ‘सुस्त सुस्त’ सार्वजनिक भएको छ । लभ एण्ड सपोर्ट फाउन्डेशनको आयोजनामा आयोजित एक कार्यक्रमबिच गीत सार्वजनिक भएको हो ।
गीतको म्युजिक एरेन्जर चन्द सिंह र म्युजिक कम्पोजर मनोज राई रहेका छन् । एसएस रेकर्डिङ स्टुडियो युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको म्युजिक भिडियो पनि छिटै तयार गरिने लभ एण्ड सपोर्ट फाउन्डेशनले जनाएको छ ।
एसएस रेकर्डिङ स्टुडियो युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको म्युजिक भिडियो पनि छिटै तयार गरिने लभ एण्ड सपोर्ट फाउन्डेशनले जनाएको छ । अमेरिकाको नर्थ क्यारोलिनामा प्रधान कार्यालय रहेको फाउन्डेशन नेपाल, भारत लगायतका देशमा पनि सक्रिय रहेको छ ।
विश्वभर छरिएर रहेका नेपालीहरूका लागि सहयोगी भूमिका निर्वाह गर्ने उद्देश्य रहेको फाउन्डेशनको नेपाल र भारतको सिक्किमस्थित शाखाको संयुक्त पहलमा संगीत क्षेत्रका शिखर पुरुष अम्बर गुरुङको सालिक गत नोबेम्भरमा अनावरण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण