राना प्रधानको गीत ‘सुस्त सुस्त’ सार्वजनिक

काठमाडौँ । डा. नारद पोखरेलको शब्द तथा गायिका संगीता राना प्रधानको स्वर रहेको नयाँ गीत ‘सुस्त सुस्त’ सार्वजनिक भएको छ । लभ एण्ड सपोर्ट फाउन्डेशनको आयोजनामा आयोजित एक कार्यक्रमबिच गीत सार्वजनिक भएको हो ।
गीतको म्युजिक एरेन्जर चन्द सिंह र म्युजिक कम्पोजर मनोज राई रहेका छन् । एसएस रेकर्डिङ स्टुडियो युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको म्युजिक भिडियो पनि छिटै तयार गरिने लभ एण्ड सपोर्ट फाउन्डेशनले जनाएको छ ।
एसएस रेकर्डिङ स्टुडियो युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको म्युजिक भिडियो पनि छिटै तयार गरिने लभ एण्ड सपोर्ट फाउन्डेशनले जनाएको छ । अमेरिकाको नर्थ क्यारोलिनामा प्रधान कार्यालय रहेको फाउन्डेशन नेपाल, भारत लगायतका देशमा पनि सक्रिय रहेको छ ।
विश्वभर छरिएर रहेका नेपालीहरूका लागि सहयोगी भूमिका निर्वाह गर्ने उद्देश्य रहेको फाउन्डेशनको नेपाल र भारतको सिक्किमस्थित शाखाको संयुक्त पहलमा संगीत क्षेत्रका शिखर पुरुष अम्बर गुरुङको सालिक गत नोबेम्भरमा अनावरण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायमुखी युट्युब च्यानलको रूपमा आइडियाप्रिन्योरले बनायो इतिहास
-
२० अर्ब भन्दा बढी रकम गायब भएको छैन : नेपाल बैङ्क
-
नेपालले वेस्ट इन्डिजसँग सेप्टेम्बरमा टी–ट्वान्टी आई सिरिज खेल्ने
-
‘वात्सल्य’ बन्यो ‘द भ्वाइस किड्स नेपाल’को मुख्य प्रायोजक
-
भारतमा भएको विमान दुर्घटनाको नेपालद्वारा दु:ख व्यक्त
-
कमजोरी सच्याउँदै आन्दोलन नयाँ ढंगले अघि बढ्छ : कमल थापा