मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

टिकटक प्रतिबन्धविरुद्धको रिट हेर्न नभ्याउनेमा

बुधबार, २७ मङ्सिर २०८०, १५ : २०
बुधबार, २७ मङ्सिर २०८०

काठमाडौँ । सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध दायर रिट आज (बुधबार) पनि हेर्न  नभ्याउनेमा परेको छ । 

बुधबार सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकीएपनि हेर्न नभ्याइने सूचीमा परेको हो । 

सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै अधिवक्ता अनन्तराज लुइँटेल, फर्सुराम पाण्डे, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायत   १४ जनाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

रिटमा उनीहरुले सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गरेका छन् । 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप