सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लीला
महेन्द्रनगर । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लीला मनाइँदै छ । फूलबारी लीलामा राम र लक्ष्मणलाई पुष्पबाटिकामा घुमाइन्छ ।
आज साँझ जानकी मन्दिरको छेउमा रहेको विवाहमण्डपको फूलबारीमा राम र लक्ष्मणलाई घुमाउने प्रचलन रहेको जानकी मन्दिरका सहायक महन्त रामरोशन दासले बताउनुभयो ।
त्रेता युगमा गुरु विश्वामित्रसहित धनुषयज्ञमा अयोध्याबाट मिथिलाको राजधानी जनकपुरधामा भाग लिन आएका राम र लक्ष्मण फुलबारीमा घुम्न जाँदा राम र सीताको नजर एक अर्कामाथि परेको किम्बदन्ती रहेको जानकार नित्यानन्द मण्डलको भनाइ थियो ।
जहाँ राम र जानकी एक अर्काप्रति आकर्षित भएको र जानकीले आफूलाई रामजस्तै बर पाउन कामना गरेको भन्ने मान्यता रहेको अर्का जानकार डा राजेन्द्र विमलले जानकारी दिए । महोत्सवको पहिलो दिन मङ्गलबार राम र लक्ष्मणलाई जानकी मन्दिर परिसरको नगरमा घुमाइएको थियो भने भोलि (बिहीबार) तिलकोत्सव कार्यक्रम रहेको सहायक महन्त दासले उल्लेख गरे ।
त्रेतायुगामा भएको मर्यादा पुरुषोत्तम् राम र आदर्श नारी सीताको वैवाहिक महोत्सवको स्मरण गर्दै प्रत्येक वर्ष जनकपुरमा विवाहपञ्चमी पर्व मनाइन्छ । यसवर्ष मङ्सिर २६ गतेदेखि सुरु भएको विवाहपञ्चमी पुस २ गतेसम्म सञ्चालन हुनेछ ।
भोलि (बिहीबार) धनुषयज्ञ, २९ गते तिलकोत्सव, ३० गते राम र जानकीको मटकोर र पुस १ गते विवाह पञ्चमी मुख्य दिन रहेको छ । विवाह पञ्चममीमा जन्तीको रुपमा आएका साधुसन्तलाई पुस २ गते बिदाइ (रामकलेवा) गरी विवाहपञ्चमी महोत्सव समापन हुने सहायक महन्त दासले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण