बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

लागूऔषधसहित पाँच जना पक्राउ

बुधबार, २७ मङ्सिर २०८०, १७ : १९
बुधबार, २७ मङ्सिर २०८०

काठमाडौँ । झापा र रुपन्देहीबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । 

झापाको बिर्तामोड नगरपालिका-४ डेरा गरी बस्ने भारत बिहार राज्य माल्दा बोरलका २२ वर्षीय जेनिश राजवंशी र ताप्लेजुङ सिरिजंघा गाउँपालिका-१ का २४ वर्षीया युनिशा लिम्बु अवैध लागूऔषधसहित पक्राउ परेका हुन् । उनीहरूलाई डेरा कोठाबाट ब्राउनसुगर जस्तो देखिने १ ग्राम ८ सय मिलिग्राम सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

उता रूपन्देहीको कोटहीमाई गाउँपालिका-३ मुर्दहियाबाट नियन्त्रित लागूऔषधसहित सोही गाउँपालिका-७ पर्सहवा बस्ने २३ वर्षीय अजय अग्रहरीसमेत ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको  छ । इलाका प्रहरी कार्यालय मझगावा र प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको लु.७९ प ५१०३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई नुफिन ६८ एम्पुल, फेनारागन ६७ एम्पुल, डाईजेपाम ६८ एम्पुल र नाईट्रोभेट ४३ ट्यावलेटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप