खुम्चियो बेलायतको अर्थतन्त्र
लन्डन । अक्टोबरमा बेलायतको अर्थतन्त्र खुम्चिएको छ । सरकारले बुधबार सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।
योसँगै अर्थतन्त्र मन्दीमा जाने जोखिम बढेको छ । यसले महँगी विरोधी लडाइमा अडिग रहिरहने केन्द्रीय बैंक ‘बैंक अफ इंगल्यान्ड’ (बीओई)को अडानमा ठूलै झट्का दिने विश्लेषण गर्न थालिएको छ ।
सेप्टेम्बरको तुलनामा अक्टोबरमा बेलायतको अर्थतन्त्र शून्य दशमलव ३ प्रतिशतले खुम्चिएको त्यहाँको तथ्यांक कार्यालय ओएनएसले बताएको छ । अघिल्लो महिनाको तुलनामा अर्थतन्त्र खुम्चिएको यो जुलाईयता पहिलो पटक भएको ओएनएसले बताएको छ ।
अर्थतन्त्र खुम्चिएको भएपनि बिहीबारको नीतिगत बैठकमा बीओईले ब्याजदर ५ दशमलव २५ प्रतिशतमा यथावत् राख्ने अपेक्षा गरिएको छ । अहिले पनि बेलायतमा महँगी ४ दशमलव ६ प्रतिशतको उच्च स्तरमा छ । यसलाई जसरी पनि नियन्त्रणमा ल्याउन सरकारको लक्ष्य छ ।
अक्टोबरको तथ्यांकले बेलायत मन्दीमा भासिन सक्ने देखाएको क्यापिटल इकोनोमिक्समा प्रमुख बेलायती अर्थशास्त्री पल डेल्सले भनेका छन् । जुलाईदेखि सेप्टेम्बर अवधिमा बेलायती अर्थतन्त्र बल्लतल्ल मन्दीमा जानबाट बचेको थियो । तर पछिल्लो तथ्यांकले यो वर्षको अन्त्यदेखि आगामी वर्षको शुरुको बिचमा अर्थतन्त्र मन्दीमा जाने जोखिम उच्च रहेको देखाएको केही विश्लेषकहरुले बताइरहेका छन् । अक्टोबरमा बेलायतले बाँकी विश्वसँगको वस्तु व्यापारमा १७ अर्ब पाउन्ड घाटा बेहोरेको छुट्टै तथ्यांकले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण