बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

रुकुम पश्चिममा पचास टहरा हस्तान्तरण गरेर फर्किए अजयबाबु शिवाकोटी

बिहीबार, २८ मङ्सिर २०८०, ०८ : ३५
बिहीबार, २८ मङ्सिर २०८०

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा ५० अस्थायी आवास हस्तान्तरण गरेर फर्केका छन् ।

उनले पटक पटक गरी १० दिन बसेर निरन्तर आफूसमेत खटिएर ५० टहरा बनाइ पीडित परिवारलाई हस्तारण गरेर फर्किएका हुन् । 

पार्टीले खटाएको आठबिसकोटमा पुगेर उनले विभिन्न वडामा ५० टहरा बनाएका हुन् । कांग्रेसले जाजरकोट र रुकुम पश्चिममा भूकम्पले असर पारेका क्षेत्रमा एक हजार अस्थायी टहरा बनाउने अभियान थालेसँगै युवा केन्द्रीय नेताहरुलाई सम्बन्धित क्षेत्रमा खटाइरहेको छ । 

पहिलो पटक १५ घर हस्तान्तरण गरेर आएका शिवाकोटीले दोस्रो पटक ३५ टहरा बनाएर फर्केका हुन् । 

उनले चारबिसकोटमा ४ ओटा वडामा केन्द्रित रहेर ५० टहरा बनाएका हुन् । जसमा ११ वडामा २१ ओटा, १२ वडामा ४ ओटा, १३ वडामा ६ ओटा, १४ वडामा १९ ओटा टहरा बनाएर हस्तान्तरण गरेको बताए । 

उनले भने, ‘विभिन्न समुदायका, एकल महिला, वृद्धवृद्धा, अभिभावक गुमाएका, अपाङ्गता भएका र परिवारका सदस्य विदेशमा भएकाहरुको परिवारलाई प्राथमिकतामा राखेर बनाइयो ।’ 

उनले टहरा बनाउँदा पीडितलाई कुनै पनि आर्थिक भार पर्न नदिएको बताए । उनले सो क्रममा काठ भत्केका घर वा गोठकै प्रयोग गरिएको र बाँकी लाग्ने सामग्री आफूहरुले नै लगेर गएको बताए । 

केन्द्रीय सदस्य शिवाकोटीले भने, ‘पीडितको कुनै पनि भार नपर्ने गरी बनाएका हौँ, काठहरु त्यही भत्केको घरको प्रयोग भएको हो । जस्तापाता र छाउन लाग्ने अन्य सामग्रीहरुसँगै मिस्त्रीको खर्चसमेत सबै हामीले नै बेहोरका हौँ ।’

रुकुममा सबैभन्दा छिटो टहरा बनाएर हस्तान्तरण गर्ने शिवाकोटी नै हुन् । उनले थप टहरा बनाउने क्रम पनि चलिरहेको बताए । शिवाकोटीले बनाएका टहराका लागि विभिन्न समुदाय र व्यक्तिले आर्थिक सहयोग गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप