मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

वीरको निर्देशकबाट हटाइएका डा.सन्तोष पौडेलको रिट न्यायाधीश फुयालको इजलासमा

बिहीबार, २८ मङ्सिर २०८०, ११ : ४२
बिहीबार, २८ मङ्सिर २०८०

काठमाडौँ । वीर अस्पतालका निर्देशकबाट हटाइएका डा. सन्तोष पौडेलले पुनर्वहालीको माग राख्दै दायर रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको छ । स्वास्थ्य मन्त्रीको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी अथा अवस्थामा कामकाज गर्न दिन दायर रिट न्यायाधीश फुयालको इजलासमा परेको हो । 
वीर अस्पतालको निर्देशक पदमा कार्यरत डा.सन्तोष पौडेललाई स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतको एकल निर्णयबाट हटाएपछि उनी पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए । मंसिर १८ गते दायर हालसम्म ५ पटक पेसीमा चढेको भएपनि चारपटक हेर्न नभ्याउनेमा परेको थियो । 

स्वास्थ्यमन्त्री बस्नेतले गत मंसिर १४ गतेको मन्त्रीस्तरीय निर्णयबाट पौडेललाई वीर अस्पतालको निर्देशक पदबाट हटाएर मन्त्रालयमा हाजिर हुन निर्देशन दिएका थिए । तर आफूलाई बिनाकारण हटाइएको भन्दै मन्त्रकिो निर्णय बदर गरी पूरा कार्याकाल कामकाज गर्न दिन माग गर्दै पौडेल मंसिर १८ गते सर्वोच्च अदालत पुगेका थिए ।

मंसिर २० गते पहिलो पेसी तोकिँदा न्यायाधीश नहकुल सुवेदीको इजलासमा हेर्न नभ्याउनेमा परेको थियो । त्यसपछि मंसिर २१ गते न्यायाधीश सुष्मालता माथेमा, मंसिर २५ गते न्यायाधीश विनोद शर्मा, मंसिर २६ गते न्यायाधीश प्काश कुमार ढुङ्गानाको इजलासमा परेकामा सबै पेसी हेर्न नभ्याउनेमा परेको थियो ।

शुक्रबार न्यायाधीश नहकुल सुवेदीको इजलासमा पेसी तोकिएपनि शुक्रबारसमेत हेर्न नभ्याउने सम्भावना बढी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप