भीमदत्त नगरपालिकमा तनाव, स्थानीय प्रशासनद्वारा निषेधाज्ञा जारी
धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक साताको लागि भन्दै भीमदत्त नगरपालिकामा ४ मा रहेको संविधान चोक आसपासको क्षेत्रमा बिहीबारदेखि निषेधाज्ञा जारी गरेको हो ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोकुलकुमार अधिकारीद्वारा जारी आदेशमा भनिएको छ, ‘भीमदत्त नगरपालिका ४ मा रहेको संविधान चोक आसपासको क्षेत्रमा शालिक स्थापना गर्न दिने नदिने सम्बन्धमा विभिन्न राजनीतिक दलहरूबिच मतभिन्नता भई आएको सन्दर्भमा सार्वजनिक शान्ति सुव्यवस्थालाई कायम राख्न तथा अत्यावश्यक सेवालाई निर्बाध सञ्चालन गर्नका निम्ति जिल्ला सुरक्षा समिति कञ्चनपुरको सिफारिसका आधारमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६, ३ (क) बमोजिम देहायको क्षेत्रमा मिति २०८०/८/२८ गतेदेखि ७ दिनसम्मको लागि ५ जनाभन्दा बढी मानिस जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको आदेश जारी गरिएको छ ।’
केही दिनयता राप्रपाले संविधान चोकमा पूर्वराजा महेन्द्र शाहको शालिक स्थापनासहित कार्यक्रम गर्ने तयारी गरिएको बताइएको छ । संविधान चोकमा रहेको भीमदत्तको शालिकको ठाउँमा राप्रपाले महेन्द्रको शालिक राख्ने तयारी गरेको थियो । त्यसलाई मध्यनजर गर्दै दुई पक्षबिच झडप हुने आशङ्कामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
बिहीबार भीमदत्त नगरपालिकामा राप्रपाले जनभेला आयोजना गरेको थियो । भेलामा सहभागी हुन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेता रवीन्द्र मिश्र, ज्ञानेन्द्र शाही, धवलशमशेर राणालगायत कञ्चनपुर आइपुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण