करुवा व्यवसायीका समस्या बुझ्दै एमाले अध्यक्ष ओली
टक्सार । भोजपुर नगरपालिकाका उपप्रमुख निर्मला शेर्पाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई जिल्ला सदरमुकाममा आयोजित जनभेटघाट कार्यक्रममा भोजपुरको टक्सारमा बनेको करुवा उपहार दिइन् । उपप्रमुख शेर्पाले करिब चार महिना लगाएर बनेको छ किलोको करुवा पार्टी अध्यक्ष ओलीलाई दिएकी हुन् ।
करुवा लिँदै खुसी देखिएका अध्यक्ष ओली आजै बिहानै भोजपुरको धातु व्यवसायका लागि चर्चित मानिएको ऐतिहासिक टक्सार बजार पुगे । उनले धातु व्यवसाय सञ्चालनमा देखिएको समस्याका बारेमा समेत जिज्ञासा राखेका थिए । टक्सारबाट धातु व्यवसायी विस्थापित हुने क्रम बढिरहेको अवस्थामा यहाँ केही मात्र व्यवसायीको अहिले बसोबास रहँदै आएको छ ।
उनले टक्सार बजारका पुराना धातु व्यवसायी बुद्धराज शाक्यसँग भेटेर व्यवसायका विषयमा कुरा गरे । शाक्यसँग भेटेपछि अध्यक्ष ओलीले भने, “मैले भोजपुरमा उपहार पाएको करुवा पनि उहाँले नै बनाउनुभएको रहेछ, यस पेशाका समस्याबारे मैले बुद्धराजजीसँग कुरा गरेँ ।”
व्यवसायी शाक्यले कांसका थोत्रा समान पगालेर विभिन्न नयाँ समान बनाउँछन् । करुवा, कलश, कचौरा, गाग्री लगायतका सामान आफूले बनाउँदै आएको उनले बताए । देशका पूर्वप्रधानमन्त्री नै आएर व्यवसायका विषयमा चासो राख्दा आफूमा पनि खुसी छाएको शाक्यले बताए । मङ्सिर १४ गतेदेखि बैतडीको झुलाघाटबाट सुरु भएको समृद्धिका लागि संकल्प यात्राका क्रममा भोजपुर आएका ओलीले ऐतिहासिक टक्सार बजारका विषयमा चासो राखेका हुन् ।
टक्सारमा निर्मित करुवा, तामाको भाँडा, गाग्रो, कांसको थाल, लोटा, आमखोरा, अन्टी, ग्लास, कचौरा, डबका नेपाल भित्र मात्र नभएर विदेशमा समेत प्रसिद्ध रहेका छन् । यतिबेला ती बनाउने कालिगढ विस्थापित भएका छन् । ऐतिहासिक कलामा पोख्त कालिगढ पलायन भएपछि मूर्तिकला र हस्तकलाको उद्योग पनि लोप भएको छ ।
“कालिगढको अभावसँगै कच्चा पदार्थको अभावमा धातु उद्योग फस्टाउन सकेको छैन । स्थानीय स्तरमा खानी सञ्चालन नभएकाले तराईबाट आवश्यक कच्चा पदार्थ र कोइला ढुवानी गर्दा महँगो समेत हुने भएकाले पनि टक्सारबाट कालिगढ विस्थापन हुने क्रम बढेको छ”, स्थानीय विमल शाक्यले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण