नेप्सेमा सामान्य वृद्धि, ३ अर्बभन्दा बढीको कारोबार
काठमाडौँ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.५५ अंक बढेर बन्द भएको छ । दिनभर तीव्र उतारचढाव भएको नेप्से परिसूचक अन्तिममा ०.३२ प्रतिशतको वृद्धिसँगै बन्द भएको हो ।
यस क्रममा आज ३ अर्ब १५ करोड रुपैयाँ बराबरको ९६ लाख ३७ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, १४० कम्पनीको सेयर मूल्य बढ्दा ९१ कम्पनीको सेयर मूल्य भने घटेको छ । यस्तै, १० कम्पनीको सेयर मूल्य स्थिर कायम छ ।
आज ४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बोटलर्स नेपाल, हिमालयन लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलपर्स र नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य १० प्रतिशतले बढेको हो । यस्तै, अन्य ६ कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा धेरैको वृद्धि आएको छ ।
परिसूचक ६ अंकले बढेपनि ५ समूहको सूचकमा भने गिरावट आएको छ । आज बैङ्किङ, लगानी, जीवन बीमा, लघुवित्त र व्यापार समूहको सूचक भने घटेको हो । यसबाहेक, विकास बैंक, वित्त, होटल र टुरिजम, जलविद्युत, उत्पादनमूलक, म्यूचुअल फण्ड, निर्जीवन बीमा र अन्य समूहको सूचक बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण