शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा सामान्य वृद्धि, ३ अर्बभन्दा बढीको कारोबार

बिहीबार, २८ मङ्सिर २०८०, १५ : ३३
बिहीबार, २८ मङ्सिर २०८०

काठमाडौँ ।  बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.५५ अंक बढेर बन्द भएको छ । दिनभर तीव्र उतारचढाव भएको नेप्से परिसूचक अन्तिममा ०.३२ प्रतिशतको वृद्धिसँगै बन्द भएको हो ।

यस क्रममा आज ३ अर्ब १५ करोड रुपैयाँ बराबरको ९६ लाख ३७ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, १४० कम्पनीको सेयर मूल्य बढ्दा ९१ कम्पनीको सेयर मूल्य भने घटेको छ । यस्तै, १० कम्पनीको सेयर मूल्य स्थिर कायम छ ।

आज ४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बोटलर्स नेपाल, हिमालयन लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलपर्स र नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य १० प्रतिशतले बढेको हो । यस्तै, अन्य ६ कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा धेरैको वृद्धि आएको छ ।

परिसूचक ६ अंकले बढेपनि ५ समूहको सूचकमा भने गिरावट आएको छ । आज बैङ्किङ, लगानी, जीवन बीमा, लघुवित्त र व्यापार समूहको सूचक भने घटेको हो । यसबाहेक, विकास बैंक, वित्त, होटल र टुरिजम, जलविद्युत, उत्पादनमूलक, म्यूचुअल फण्ड, निर्जीवन बीमा र अन्य समूहको सूचक बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप