जनकपुरमा अन्नबाट सीताराम स्वयंवरको आकृति बनाइँदै
धनुषा । विवाह पञ्चमी महोत्सवको अवसर पारेर जनकपुरधामको बाह्रबिघा रङ्गभूमिमा अन्नबाट भगवान् राम, सीताको स्वयंवरको विश्वमै सबैभन्दा ठूलो आकृति बनाउन लागिएको छ ।
भगवान् रामसीतासँगै राजर्षि जनक तथा विश्वामित्रको पनि आकृति निर्माण गरिने भएको छ । सबै चित्र ११ हजार ११ स्क्वायर फिटको रहने निर्माण संयोजक सतिश गुजरले बताए ।
सीताराम अनाज प्रतिमा निर्माण समितिका संयोजक एवं जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठका अनुसार खाद्यान्नबाट बनाउन थालेको आकृतिको उचाइ एक सय २१ फिट र चौडाइ ९१ फिटको रहने छ । आकृतिको निर्माणमा ११ प्रकारको खाद्यान्न प्रयोग गरेर जम्मा एक सय दुई क्वीन्टल लाग्ने संयोजक महासेठले बताए ।
यसमा चनाको दाल, गहुँ, भटमास, चना, बदाम, मुंग, रहरको दाल, मकै, मसुरोको दाललगायत खाद्यान्न प्रयोग गरिने भएको छ । विश्वमा जनकपुरधामको पर्यटन प्रवर्द्धन गर्नका लागि अन्नको आकृतिको चित्र बनाएर गिनिज बुकमा अभिलेख राख्नका लागि प्रयास भइरहेको संयोजक महासेठले बताए । विश्व रेकर्ड कायम गर्ने उद्देश्यले भगवान् राम र सीतासहितको आकृति बनाउने कार्यका लागि भारतका सतिश गुज्जरको नेतृत्वमा आठ कलाकार आएको छ ।
स्थानीय जनकपुरधाम उपमहानगरपालिका–४ का गुनगुन मिश्रको परिकल्पनामा भइरहेको आकृति निर्माणको सबै कार्य शुक्रबार बिहान १० बजेसम्म पूरा हुने सतिश गुज्जरले बताए । आकृति निर्माणमा रु २१ लाख खर्च हुने र यसमा लाग्ने खर्च जनकपुरधाम उद्योग वाणिज्य सङ्घ तथा जनकपुरधाम उपमहानगरपालिकाले उपलब्ध गराउने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण