‘रुस आफ्नो लक्ष्यमा पुगेपछि मात्र युक्रेनसँग शान्ति सम्भव’
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस आफ्नो लक्ष्यमा पुगेपछि मात्र युक्रेनसँग शान्ति सम्भव हुने बताएका छन् । उनले यो उद्देश्य परिवर्तन नहुने पनि बताए ।
राष्ट्रपति पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनविरुद्ध युद्ध सुरु गरेपछि पहिलो पटक ठुलो पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै थिए । यस पत्रकार सम्मेलनमा राष्ट्रपति पुटिनले पत्रकार बाहेक रुसी जनताका प्रश्नको प्रत्यक्ष फोनमा जवाफ दिएका थिए । गत वर्ष राष्ट्रपति पुटिनको प्रशासनले यो वार्षिक पत्रकार सम्मेलन आयोजना गरेको थिएन ।
यस पत्रकार सम्मेलनमा पुटिनले आफ्नो अधिकांश समय युक्रेनमा जारी 'विशेष सैन्य अभियान' लाई जोड दिए। रुसको सार्वभौमसत्तामा जोड दिँदै पुटिनले भने, ‘यो बिना हाम्रो देशको अस्तित्व असम्भव छ।‘ उनले रुसको अर्थतन्त्र युद्धको समयमा बलियो रहेको बताए ।
उनले हाल युक्रेनमा ६ लाख १७ हजार रुसी सैनिक लडिरहेको बताए । गत वर्ष तीन लाख सैनिक सेवाका लागि आह्वान गरिएको र ४ लाख ८६ हजार जना स्वेच्छाले सैनिक सेवामा योगदान पुर्याउन अघि बढेको पनि उनले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण