नाको निर्णयले प्याराग्लाइडिङ पाइलट आन्दोलित, पोखराको प्याराग्लाइडिङ ठप्प
पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान ठप्प भएको छ । प्याराग्लाइडिङ कम्पनीहरुले उडाउन पाउने र दर आफै तोक्न सूचना निकालेपछि पाइलटहरुले विरोध गरेका हुन् । नेपाल हवाई खेलकुद संस्था नाले बुधबार आफै रेट तोकेर प्याराग्लाइडिङ उडाउन सूचना निकालेको थियो ।
‘आजका मितिदेखि सम्पूर्ण बुकिङ सिस्टम खुला गरिएको जानकारी गराउँदै आफ्ना गेष्ट आफैँ उडाउन र रेट समेत आफ्नो हिसाबले लिन अनुरोध गरिन्छ,’ नाको सूचनामा भनिएको छ । तर नागरिक उड्ययन प्राधिकरणबाट लागू भएको विधि, प्रविधि, गेष्ट इन्फरमेसन र बोर्डिङ पास बुझाएर मात्रै उडान भर्न भनिएको छ ।
पाइलटहरुले भने प्याराग्लाइडिङ बजार अस्वस्थ हुने भन्दै मनपरी गर्न नदिन माग राखेका छन् । ‘नाको फ्लाइट बुकिङ सिस्टम खुला गरिएको बारेमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ र विगतमा पनि यसरी खुला सिस्टमले प्याराग्लाइडिङ सञ्चालन गर्दाका परिणामहरु पहिले नै देखिसकेको छ,’ उनीहरुले भने, ‘यसले प्याराग्लाइडिङ बजार पूर्ण अस्तव्यस्त हुनेछ । सुरक्षा चुनौती समेत बढ्छ । अर्को निर्णय नगरुन्जेल सम्पूर्ण पाइलटहरु उडान गर्न असमर्थ छौँ ।’
पोखरामा प्रत्येक प्याराग्लाइडिङ उडानको १२ हजार तिर्नुपर्छ । पाइलट्स क्लवका अध्यक्ष दीपक थापाका अनुसार यो निर्णयपछि रेट घट्ने र अस्वस्थ प्रतिस्पर्धा हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण