सातामा ३०० ले बढ्यो सुनको मूल्य
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेकाे जानकारी दिएको छ । महासङ्घले गत साताको शुक्रवारको तुलनामा यो साता ३०० रुपैयाँले बढेको जानकारी दिएको हो ।
महासङ्घका अनुसार गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ६०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार सम्ममा प्रतितोला १ लाख १९ हजार १०० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
यो साताको आइतबार सुनको मूल्य घटेर कारोबारमा आएको थियो । यस्तै, सोमबार, मङ्गलवार र बुधवार समेत घटेर कारोबार भएको सुनको भाउ बुधवार र बिहीबार बढ्दा समग्रमा ३०० रुपैयाँको वृद्धि भएको हो ।
यस्तै, महासङ्घले यो साता चाँदीको मूल्य समेत तोलामा १० रुपैयाँले बढेको जानकारी दिएको छ । महासङ्घका अनुसार गत साताको शुक्रवार चाँदीको मूल्य तोलामा १४ सय ६० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रवारसम्म आइपुग्दा तोलामा १४ सय ७० रुपैयाँ कायम भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार दिन संसद् बैठकमा उपस्थितिमा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण