शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

शनिबार, ३० मङ्सिर २०८०, १८ : ३२
शनिबार, ३० मङ्सिर २०८०

काठमाडौँ । देशका विभिन्न स्थानबाट लागूओषधसहित ११ जाना पक्राउ परेका छन् ।

  • कपिलवस्तु, बाणगंगा नगरपालिका-२ पिपरा डेरा गरी बस्ने नवलपरासी देवचुली नगरपालिका-२ बस्ने २३ वर्षीय मुक्ति प्रसाद खनाल समेत ६ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्रामसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ, नगद ३ लाख ८ हजार ८४० रुपैयाँ, मोबाइल ९ थान, सुनको जस्तो देखिने धातुको सिक्री १ थान, माईली तिलहरी १ थान, घण्टी माला १ थान, सुनको जस्तो देखिने औंठी १ थान, चाँदीको जस्तो देखिने धातुको बाला १ थान, पाउजु १ जोडी फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले लु.३९ प ८२८२ नम्बर र लु.३६ प ३९१९ नम्बरका २ वटा मोटरसाइकल समेत बरामद गरेको छ ।
  • कैलाली, टीकापुर नगरपालिका-१ ब्लक नम्बर ७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ३० मिलिग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीय शंकर खत्रीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसैगरी कैलाली लम्कीचुहा नगरपालिका-५ चौरी बस्ने १९ वर्षीय कमल रावललई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्रामसहित ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले शुक्रबार राति पक्राउ गरेको छ । 
  • मोरङ, बिराटनगर महानगरपालिका-१४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ मिलिग्रामसहित सुनसरी हरिनगरा गाउँपालिका-१ बस्ने ३५ वर्षीय नाजिम अंसारीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले जोगवनीबाट बिराटनगरतर्फ पैदल आउँदै गरेका उनलाई पक्राउ गरेको हो ।
  • यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ बाट नियन्त्रित लागूऔषध एभिल ६ एम्पुल, फेनारागन ५ एम्पुल, लुपिजेशिक ६ एम्पुल र डाइजेपाम ६ एम्पुलसहित सुनसरी इटहरी उपमहानगरपालिका-५ बस्ने २३ वर्षीय रोहन गुरूङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 
  • पर्सा, वीरगंज महानगरपालिका-२१ परवानीपुरबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ६० ट्याबलेटसहित बारा जितपुर सिमरा उपमहानगरपालिका-६ बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप