आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाको केन्द्रीय समिति बैठक आजबाट

आइतबार, ०१ पुस २०८०, ०७ : २६
आइतबार, ०१ पुस २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु हुँदै छ । धुम्बाराहीस्थित एसआर बैंक्वेटमा आजबाट सुरु हुने बैठक आगामी मङ्गलवारसम्म जारी रहनेछ । 

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा छलफलको एजेन्डा पेस गर्ने पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए । 

बैठकमा महासचिवले सांगठानिक प्रतिवेदन तथा र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप