लक्ष्यको ६६ प्रतिशत उठ्यो भन्सार राजश्व
काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को मंसिर महिनासम्मको अवधिमा लक्ष्यको ६६ प्रतिशत मात्रै भन्सार राजश्व संकलन भएको छ । भन्सार विभागका अनुसार मंसिरसम्मको अवधिमा लक्ष्यको ६६ प्रतिशत मात्रै राजश्व संकलन भएको हो ।
बजेटमार्फत अर्थमन्त्रालयले मंसिर महिनासम्मको अवधिमा २ खर्ब ५१ अर्ब ७२ करोड रुपैयाँ भन्सार राजश्व उठाउने लक्ष्य लिएको थियो । तर, लक्ष्यको ६६ प्रतिशत मात्रै राजश्व उठेको विभागले जनाएको छ ।
‘बजेटमार्फत साउन–मंसिरसम्ममा उठाउने लक्ष्यको लिएको ६६ प्रतिशत मात्रै भन्सार राजश्व उठेको छ,’ एक कर्मचारीले भने, ‘यस अवधिमा १ खर्ब ६६ अर्ब ७५ करोड रुपैयाँ मात्रै उठ्यो’ पछिल्लो समय आयात निरन्तर घट्दा भन्सार राजश्व संकलनको लक्ष्य प्रभावित बनिरहेको छ ।
युवा जनशक्ति धमाधम विदेशिँदा नेपालमा खपत गर्ने जनसंख्या घट्दै गएको छ । फलस्वरुपः आयात नै घटेको हो । यस्तै, आर्थिक मन्दीको प्रभावस्वरुप समेत खपत घटिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण