चिवाभञ्ज्याङमा ओली– अब देशको राजनीतिले सही बाटो पक्रन आवश्यक छ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब देशको राजनीति यसैगरी अहिलेकै जस्तो अलपत्र अवस्थामा चल्न नहुने बताएका छन् । मंसिर १४ गते बैतडीको झुलाघाटबाट एमालेले सुरु गरेको सङ्कल्प यात्रा पाँचथरको चिवाभञ्जयाङमा समापन गर्दै अध्यक्ष ओलीले अब देशको राजनीतिले सही बाटो पक्रन जरुरी रहेको बताए ।
‘अलमलमा राष्ट्रको समय खेर फाल्नुहुँदैन । यहाँ राष्ट्रको समय खेर गइरहेको, देशको समय खेर गइरहेको छ । जनताको एउटा पिँढी खेर गइरहेको छ’, अध्यक्ष ओलीको भनाइ छ । आउँदो पिँढीको जिन्दगी धरापतर्फ धकेलिँदै गएको भन्दै ओलीले यस्तो स्थितिबाट देशलाई जोगाउन सङ्कल्प यात्राले असाधारण योगदान गरेको बताए ।
सङ्कल्प यात्रालाई महान् यात्राको संज्ञा दिँदै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले जोखिम मोल्ने र त्यसलाई पराजित गर्ने यात्रा भएको टिप्पणी गरे ।
‘नेकपा एमाले चुनौतीहरूको सामना गर्न सक्छ भन्ने अर्को दृष्टान्त हो सङ्कल्प यात्रा । एमाले अरूले सोच्न नसक्ने कामहरू गर्न सक्छ भन्ने दृष्टान्त भएकाले यो यात्रा शतप्रतिशत सफल भएको छ’, उनले यो यात्राले विभिन्न किसिमका अवाञ्छित गतिविधिहरूलाई जवाफ दिएको र हतोत्साहित गरेर देशलाई शिरमा राखेर अघि बढ्न आम जनतामा मनोबल बढेको बताए ।
उनले देश कसरी बढ्ने भन्ने विचार र विषयहरू सङ्कल्प यात्राका क्रममा पाइएको भन्दै उत्साहका साथ लाखौँ जनता सहभागी भएकोमा ओलीले धन्यवाद व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि उकालो लाग्दै अमेरिकी डलर, कति छ अन्य विदेशी मुद्राको मूल्य ?
-
अबुधावीमा राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा
-
दुबईमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू