राष्ट्रियसभा उम्मेदकारको नाम सिफारिस गर्न जिल्लालाई कांग्रेस लुम्बिनीको निर्देशन
बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले राष्ट्रिय सभाको निर्वाचनका लागि प्रत्येक जिल्लाबाट एक–एक जनाको नाम सिफारिस गर्न जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।
कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्मरसिंह पुनको अध्यक्षता आइतबार बुटवलमा बसेको बैठकले प्रदेशका १२ वटै जिल्लाबाट एक–एक जना उम्मेदवारको नाम सिफारिस गरेर पठाउन निर्देशन दिएको हो ।
यस्तै बैठकले हालै सम्पन्न लुम्बिनी प्रदेशको प्रथम सम्मेलन उपलब्धि मूलक भएको ठहर गरेको छ । बैठकले सम्मेलनबाट पारित भएका कार्यदिशालाई कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
यस्तै प्रदेशका स्थानीय तहमा कांग्रेसबाट जितेका प्रतिनिधिको काम कारबाही अनुगमन गर्न पार्टीको प्रदेश तहबाट टोली खटाउने निर्णय गरेको पार्टी कार्यालय मुख्य सचिव मोहनराज शर्माले बताए ।
बैठकमा केन्द्रीय सदस्य तथा सांसद डा चन्द्रकान्त भण्डारी पनि उपस्थिति भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशसभामा २ विधेयक टेबुल
-
निर्वाचन प्रहरीको पोसाक खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई प्रधानमन्त्री सचिवालयको दबाब
-
बागमतीका समस्याग्रस्त ५ सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न निर्देशन
-
‘कोठा नम्बर १३’ अर्थात् यातना गृह र अभिषेक गिरीले चलाएको ‘यमराजको शासन’
-
बागमतीको बजेट सन्तुलित र यथार्थपरक छ : मन्त्री तामाङ
-
यात्रुलाई दुःख–हैरानी दिएको आरोपमा २३ जना पक्राउ, प्रहरीलाई समेत गरेका थिए अभद्र व्यवहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण