त्रिविको दीक्षान्त समारोह ‘अफिसियल वर्ल्ड रेकर्ड’ले अवलोकन गर्ने
सोमबार, ०२ पुस २०८०, ११ : २७
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोहलाई ‘अफिसियल वर्ल्ड रेकर्ड’ले अवलोकन गर्दैछ। धेरै विद्यार्थीलाई एकैपटक दीक्षित गराउने दाबीसहित त्रिविले ‘अफिसियल वर्ल्ड रेकर्ड’का लागि अनुरोध गरेको थियो। सोहीका लागि अवलोकन गर्न प्रतिनिधि टोली काठमाडौँ आएको हो।
टोलीले आजको दीक्षान्त समारोहको अवलोकन गर्नेछ । त्यसपछि वर्ल्ड रेकर्डका लागि अघि बढ्ने त्रिविले जनाएको छ। आजको दीक्षान्त समारोहमा १२ हजार ४१५ जनाले अनलाइनमार्फत आवेदन भरेका थिए। गत वर्ष त्रिविबाट ७३ हजार बढी विद्यार्थी पास आउट भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण