त्रिविको दीक्षान्त समारोह ‘अफिसियल वर्ल्ड रेकर्ड’ले अवलोकन गर्ने
सोमबार, ०२ पुस २०८०, ११ : २७

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोहलाई ‘अफिसियल वर्ल्ड रेकर्ड’ले अवलोकन गर्दैछ। धेरै विद्यार्थीलाई एकैपटक दीक्षित गराउने दाबीसहित त्रिविले ‘अफिसियल वर्ल्ड रेकर्ड’का लागि अनुरोध गरेको थियो। सोहीका लागि अवलोकन गर्न प्रतिनिधि टोली काठमाडौँ आएको हो।
टोलीले आजको दीक्षान्त समारोहको अवलोकन गर्नेछ । त्यसपछि वर्ल्ड रेकर्डका लागि अघि बढ्ने त्रिविले जनाएको छ। आजको दीक्षान्त समारोहमा १२ हजार ४१५ जनाले अनलाइनमार्फत आवेदन भरेका थिए। गत वर्ष त्रिविबाट ७३ हजार बढी विद्यार्थी पास आउट भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश