बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पैसाको मामिलामा धेरै सिरियस हुँदैनन् अविवाहित युवती !

सोमबार, ०२ पुस २०८०, १५ : ४९
सोमबार, ०२ पुस २०८०

काठमाडौँ । रुपैयाँ–पैसालाई लिएर महिलाहरूको सोच कस्तो होला ? यो प्रश्नको उत्तर उनीहरूको सम्बन्धमा भर पर्ने गरेको पाइएको छ । अमेरिकामा हालै एउटा अध्ययन भएको थियो । जसमा अविवाहित, विवाहित र विधवा/एकल महिलाहरूसँग उनीहरूको वित्तीय योजना सोधिएको थियो । यो अध्ययनको नतिजा अचम्मित पार्ने खालको थियो ।

महिलाको आर्थिक योजना पूर्णरुपमा उनीहरूको सम्बन्धमा निर्भर भएको पाइयो । महिलाको बिहे भएको छ कि छैन, पतिसँग कस्तो सम्बन्ध छ, कति जना बच्चा छन् आदि अनुसार पैसाको महत्त्व पनि फरक फरक भेटियो । महिलाले जिन्दगीको कुन मोडमा कस्तो आर्थिक सोच राख्छन् भन्नेबारे पनि अध्ययनले प्रकाश पारेको छ । अध्ययनको प्रतिवेदन ‘महिला, पैसा र सम्बन्ध’ शीर्षकमा छापिएको थियो । अध्ययनमा १८ देखि ७७ वर्षका १ हजार २०० महिलालाई समावेश गरिएको थियो ।

कुमारी, अविवाहित केटीहरु आफ्नो वित्तीय निर्णयप्रति सबैभन्दा कम सिरियस भएको पाइएकाे छ । यो उमेरका अधिकांश केटीहरु जागिरे भएपनि पैसा बचाउने विषयमा भने उनीहरुले खासै ध्यान नदिएको पाइएको छ । बिहेलगत्तै भने महिलाहरूमा वित्तीय योजनाको सोच अविवाहितभन्दा खासै फरक भेटिएन । तर सम्बन्ध परिपक्व बन्दै जाँदा वित्तीय रुपमा आफ्नै खुट्टामा उभिने चाहना भने बढेको भेटियो । बिहे गरेको ५ वर्षपछि बचत नभएका महिलाहरु पछुताउन सुरु गर्छन् ।

सम्बन्ध विच्छेद भएपछि वा श्रीमानको मृत्युपछि दुई तिहाइ महिलाहरूले वित्तीय रुपमा सक्षम नभएकोमा दुःख मनाउ गरे । यति बेला बल्ल अविवाहित रहँदै आर्थिक योजना वा बचत गर्नुपर्ने रहेछ भन्ने सोच धेरैमा भेटियो । अध्ययनअनुसार महिलाहरुले आफ्नो सम्बन्ध अनुसार आर्थिक योजना बनाउने गरेको पाइएको छ ।

सम्बन्ध बिगार्ने काम गरिरहेका छन् पुरुष ?

महिला आर्थिक रुपमा बलियो भए वैवाहिक सम्बन्ध बलियो बन्छ भन्ने केही अध्ययनले देखाएको छ । अष्ट्रेलियाको वोलोंगोंग विश्वविद्यालयमा यसबारे एउटा रोचक अध्ययन भएको थियो । कामकाजी महिलाको पतिले तलब र हैसियत आफूभन्दा कम हुँदा मात्रै श्रीमतीको जागिरलाई सहने गरेको यो अध्ययनले देखाएको थियो । श्रीमतीले धेरै कमाउन थालेपछि पतिहरुले घरको काममा सघाउनै बन्द गरिदिन्ने अनि महिलासमक्ष जागिर छाड्नुको विकल्प नहुने पनि अध्ययनमा पाइएको थियो । विवाहित पुरुषको तुलनामा महिला जागिरे निकै कम हुनुको कारण पनि यही हो । महिला आर्थिक रुपमा स्वतन्त्र र सक्षम छन् भने उनीहरुको सम्बन्ध पनि बलियो हुने अध्ययन र आकाडाले देखाएका छन् । तर महिलाहरु आर्थिक रुपमा स्वतन्त्र भएपछि पतिलाई इज्जत गर्दैनन् भन्ने आम धारणा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप