गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न मन्त्रालयको निर्देशन
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि आवश्यक नीतिगत काम तत्काल अघि बढाउन मातहतका सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा आज सरोकारवालासँगको छलफलका क्रममा पर्यटनमन्त्री सुदन किरातीले गौतमबुद्ध विमानस्थलमा केही आधारभूत सुधारसहित विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि मातहत निकायलाई आग्रह गरे । उनले विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक समन्वय र सहजीकरणका लागि पनि सम्बन्धित निकायलाई निर्देशन दिए ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सङ्घीयताको मर्म र भावनाअनुरुप विमानस्थल पूर्णरुपमा सञ्चालन गरिनुपर्नेमा जोड दिए । मुख्यसचिव डा वैकुण्ठ अर्यालले विमानस्थलको प्रभावकारी सञ्चालनका लागि सरकारले आवश्यक सहयोग र सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले विमानस्थलको विद्यमान अवस्थाबारे जानकारी गराएका थिए । सहभागी वायुसेवा सञ्चालक तथा पर्यटन व्यवसायीले विमानस्थलमा जहाजको उडान सङ्ख्या बढाउन र पर्यटकलाई राहत प्याकेजको व्यवस्था गर्न आग्रह गरेका थिए ।
विमानस्थलको प्रभावकारी सञ्चालनका लागि सङ्घ र प्रदेश सरकारबिच समन्वय तथा सहजीकरण गर्ने विषयमा मन्त्रालयले प्रतिबद्धता जनाएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए ।
छलफलमा पर्यटनमन्त्री किराती, पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, मुख्यसचिव डा अर्याल, नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी, साथै नेपाल वायुसेवा निगम, निजी वायुसेवा सञ्चालक कम्पनी, लुम्बिनी प्रदेशका होटल व्यवसायी, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण