शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर–पश्चिम चीनमा भूकम्प, १११ जनाको मृत्यु

मङ्गलबार, ०३ पुस २०८०, ०८ : ४१
मङ्गलबार, ०३ पुस २०८०

चीन । उत्तर पश्चिम चीनमा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १११ पुगेको छ ।  चीनको गान्सु प्रान्तमा सोमबार गएको ५.९ म्याग्निच्युडको भूकम्पमा कम्तीमा १११ जनाको मृत्यु भएको हो । 

भूकम्पमा परी २२० जना घाइते भएका बीबीसीले जनाएको छ । गान्सुसँगै छिमेकी प्रान्तका भवनहरूमा पनि क्षति पुगेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भूकम्प ५.९ म्याग्निच्युड १० किलोमिटर गहिराइमा गएको जनाएको छ ।

प्रभावित क्षेत्रमा बिहानैदेखि उद्धार कार्य सुरु भएको छ । आपतकालिन कामदारहरूले उच्च उचाइ क्षेत्रमा रहेका मानिसको उद्धारको क्रममा चिसोले समस्या भएको बताएका छन् । 

चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनको सबैभन्दा गरिब क्षेत्र मध्ये एक गान्सुमा पूर्ण उद्धार प्रयास गर्न निर्देशन दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप