उत्तर–पश्चिम चीनमा भूकम्प, १११ जनाको मृत्यु
मङ्गलबार, ०३ पुस २०८०, ०८ : ४१
चीन । उत्तर पश्चिम चीनमा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १११ पुगेको छ । चीनको गान्सु प्रान्तमा सोमबार गएको ५.९ म्याग्निच्युडको भूकम्पमा कम्तीमा १११ जनाको मृत्यु भएको हो ।
भूकम्पमा परी २२० जना घाइते भएका बीबीसीले जनाएको छ । गान्सुसँगै छिमेकी प्रान्तका भवनहरूमा पनि क्षति पुगेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भूकम्प ५.९ म्याग्निच्युड १० किलोमिटर गहिराइमा गएको जनाएको छ ।
प्रभावित क्षेत्रमा बिहानैदेखि उद्धार कार्य सुरु भएको छ । आपतकालिन कामदारहरूले उच्च उचाइ क्षेत्रमा रहेका मानिसको उद्धारको क्रममा चिसोले समस्या भएको बताएका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनको सबैभन्दा गरिब क्षेत्र मध्ये एक गान्सुमा पूर्ण उद्धार प्रयास गर्न निर्देशन दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण