राजुको ‘ईश्वर’मा भित्रिए शिशिर
मङ्गलबार, ०३ पुस २०८०, १३ : २४
काठमाडौँ । राजु गिरीको निर्देशनमा बन्न लागेको फिल्म हो ‘ईश्वर’ । केही दिन अगाडि घोषणा भएको फिल्मको अहिले कलाकार छनोट भइरहेको छ ।
यस्तैमा फिल्मको मुख्य कलाकारको रूपमा शिशिर वाग्देल भित्रिएका छन् । निर्देशक गिरीले फिल्मको मुख्य कलाकारको रूपमा वाग्देललाई अनुबन्धित गरेका हुन् ।
दिव्या कंगना फिल्मस्को प्रस्तुतिमा बन्ने फिल्मको पटकथा एवं संवाद भोजराज देवकोटाले तयार गरेका छन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रहने फिल्ममा राजेन्द्र बजगाईं र बीपी वाग्लेको संगीत र देव महर्जनको द्वन्द्व रहनेछ ।
माघको २८ गतेबाट फिल्म छायाङ्कनका लागि फ्लोरमा जाने निर्देशक गिरीले बताए । गिरीको निर्देशन रहेको फिल्म ‘नम्बरी सुन’ माघको १९ गतेदेखि प्रदर्शनमा आउँदैछ । यो फिल्मको प्रदर्शनपछि मात्र उनी ‘ईश्वर’ छायाँकनमा निस्कन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको सदस्यता नवीकरण करिब ४० प्रतिशत मात्र
-
अन्य प्रदेशको विवाद गण्डकीमा ल्याउनु हुँदैन: देवका पहारी
-
मधेस प्रदेश सरकारबारे केन्द्रको निर्देशन पर्खिंदै कांग्रेस–एमाले
-
काम गर्न यही सरकार सक्षम छ, फेर्न लागे सङ्घीयता बदनाम हुन्छः पञ्चराम गुरुङ
-
सांसदहरूलाई स्वकीय सचिव राख्न दिन ऐन परिमार्जन
-
इरानविरुद्ध युद्ध सुरु गर्ने निर्णय गलत ठान्छन् अधिकांश अमेरिकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण