इन्भेष्टमेन्ट मेगाले तिर्यो मर्जर र एफपीओबापतको कर
मङ्गलबार, ०३ पुस २०८०, १३ : ४९

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले मर्जर तथा प्राप्ती र एफपीओबापतको कर सरकारलाई तिरेको छ । बैंकले चालू आर्थिक वर्षको बजेटमार्फत गरिएको व्यवस्थाअनुसार मर्जर तथा प्राप्ती र प्रिमियममा जारी गरेको सेयरबापतको कर बुझाएको हो ।
बैंकले आर्थिक ऐन, २०८० को व्यवस्थाअनुसार ठूला करदाता कार्यालयमा कर तिरेको जानकारी दिएको छ । अर्थ मन्त्रालयले चालू वर्षको बजेटमार्फत मर्जर र प्राप्तिमा तथा एफपीओमा कर लाग्ने व्यवसथा गरेको थियो । यो व्यवस्थाविरुद्ध सर्वोच्च अदालत पुगेपनि बैंक तथा वित्तीय संस्थाको विरुद्धमा फैसला आएको थियो ।
सर्वोच्चले समेत सरकारको पक्षमा फैसला सुनाएपछि एनआईएमबीले १ अर्ब ९२ करोड २३ लाख २१ हजार रुपैयाँ कर बुझाएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार: बजेट आकार बढाउने ध्याउन्नमा कोशी सरकार, प्राध्यापकहरू आन्दोलित
-
इजरायलले इरानका दुई ग्यास क्षेत्रमाथि आक्रमण गरेको इरानको दाबी
-
मधेसको पर्यटन प्रवर्द्धन गर्न वीरगञ्ज ‘मधेस पर्यटन मिट’
-
अमेरिकाको मिनेसोटामा डेमोक्रेटिक सांसदको गोली हानी हत्या, एक घाइते
-
नदी कटान नियन्त्रणका लागि ग्याबिनवाल निर्माण
-
गर्मी नघटेपछि वीरगञ्जमा थप ६ दिन विद्यालय बन्द