विराटनगरबाट स्रोत नखुलेको १६ लाख १० हजार रुपैयाँ बरामद
मङ्गलबार, ०३ पुस २०८०, १८ : ४७
विराटनगर । सशस्त्र प्रहरीले मोरङको विराटनगरबाट अवैध १६ लाख १० हजार रुपैयाँ बरामद गरेको छ । विराटनगर महानगरपालिका–७ स्थित प्रशासन रोडबाट सीमा सुरक्षा गुल्म रानीबाट खटिएको गस्ती टोलीले उक्त रकम बरामद गरेको हो ।
प्रहरीले स्रोत नखुलेको उक्त रकमसँगै विराटनगर १५ रानीका ४० वर्षीय लक्ष्मणप्रसाद शाहलाई नियन्त्रणमा लिएको छ । यस्तै शाहले प्रयोग गरेको को१९प ४४३४ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । प्रहरीले बरामद रकम तथा मोटरसाइकल र शाहलाई आवश्यक छानबिन तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण