आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगरबाट स्रोत नखुलेको १६ लाख १० हजार रुपैयाँ बरामद

मङ्गलबार, ०३ पुस २०८०, १८ : ४७
मङ्गलबार, ०३ पुस २०८०

विराटनगर । सशस्त्र प्रहरीले मोरङको विराटनगरबाट अवैध  १६ लाख १० हजार रुपैयाँ बरामद गरेको छ । विराटनगर महानगरपालिका–७ स्थित प्रशासन रोडबाट सीमा सुरक्षा गुल्म रानीबाट खटिएको गस्ती टोलीले उक्त रकम बरामद गरेको हो । 

प्रहरीले स्रोत नखुलेको उक्त रकमसँगै विराटनगर १५ रानीका ४० वर्षीय लक्ष्मणप्रसाद शाहलाई नियन्त्रणमा लिएको छ । यस्तै शाहले प्रयोग गरेको को१९प ४४३४ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । प्रहरीले बरामद रकम तथा मोटरसाइकल र शाहलाई आवश्यक छानबिन तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप