सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

निर्देशक पदबाट पौडेललाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

मङ्गलबार, ०३ पुस २०८०, २० : ०९
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । सर्वोच्च अदालतले डा सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।

न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज डा पौडेललाई निर्देशक पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।

सो मन्त्रालयले गत मङ्सिर १४ गते डा पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध डा पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप