बीजेपीबाट लोकसभाको चुनाव लड्दै छिन् कङ्गना
नयाँ दिल्ली । भारतीय अभिनेत्री कङ्गना रनौतको लागि यो वर्ष खासै राम्रो रहेन । एक पछि अर्को गर्दै फिल्म फ्लप भए । वर्षको अन्त्यतिर भने उनको लागि खुसीको खबर आएको छ । अभिनेत्रीले लोकसभाको चुनावमा लड्ने पक्का पक्की भएको छ ।
लामो समयदेखि नै कङ्गना राजनीतिमा आउन लागेको चर्चा चलिरहेको थियो । आगामी वर्ष भारतीय जनता पार्टी (बीजेपी)को टिकटमा उनले चुनाव लड्न लागेको भन्दै अभिनेत्रीको पिता अमरदीप रनौतले जानकारी दिएका हुन् ।
अभिनेत्रीलाई कुन सिटबाट कुन ठाउँको टिकट दिने भन्ने कुराको तय चाँहि पार्टीले गरिनसकेको बताइएको छ । आइतबार कंगनाले कुल्लुको शास्त्रीनगरस्थित आफ्नो घरमा बीजेपीको राष्ट्रिय अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेकी थिइन् । सो भेट लगत्तै अभिनेत्रीले बीजेपीबाट चुनाव लड्ने अड्कलबाजी तीव्र बनेको थियो ।
कङ्गना प्रायः प्रधानमन्त्री नरेन्द्र मोदीको तारिफ गरिरहन्छिन् । सामाजिक सञ्जालमा उनका पोस्टहरू हेरेर पनि मानिसहरुले उनी पक्का चुनाव लड्ने अनुमान गर्न लागेका थिए । खबरहरूका अनुसार अभिनेत्रीले मंडी वा चन्डीगढबाट लोकसभाको चुनावमा उत्रिने छन् । तर यसबारे अहिलेसम्म पुष्टि भने भइसकेको छैन ।
यस अघि कङ्गना एरियल एक्शन फिल्म तेजसमा देखिएकी थिइन् । फिल्म बक्स अफिसमा नराम्रोसँग असफल भयो । कङ्गनाको आगामी फिल्म इमरजेन्सी हो । आफ्नै निर्देशनमा बनेको यो फिल्ममा कङ्गना पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिदैंछिन् ।
फिल्म यसअघि यही नोभेम्बरमा रिलिज हुने भनिएको थियो । तर अहिले फिल्मको रिलिज डेट सारेर सन् २०२४ पुर्याइएको छ । फिल्ममा श्रेयस तलपडे, अनुपम खेर, सतीश कौशिक र महिमा चौधरीको मुख्य भूमिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण