कञ्चनजङ्घा सेसेलुङ गोल्डकप : सुनसरीको विजयी सुरुआत
बुधबार, ०४ पुस २०८०, २२ : ३४
फुङ्लिङ । चासोक तङ्नामका अवसरमा फुङ्लिङमा आयोजित कञ्चनजङ्घा सेसेलुङ गोल्डकपमा सुनसरीको चकरघट्टी फुटबल क्लबले विजयी सुरुआत गरेको छ । आयोजक ताप्लेजुङको कञ्चनजङ्घा फुङ्लिङ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।
चकरघट्टीको तर्फबाट आकाश राईले खेलको २०औँ र ४६औँ मिनेटमा गोल गरेका थिए । कञ्चनजङ्घाका तर्फबाट अनुप सेन्दाङले ३३ मिनेटमा फ्रि किकमार्फत गोल भएको थियो । आकाश पहिलो खेलको म्यान अफ दी म्याच भएका छन् ।
बिहीबारको दोस्रो खेल पाँचथर फुटबल क्लब र जलथल फुटबल क्लब झापाबीच हुने आयोजकले जनाएको छ । आठ टिम सहभागी प्रतियोगिताको फाइनल पुस ११ गते हुनेछ । विजेताले रु तीन लाख दुई हजार र उपविजेताले रु एक लाख ५१ हजार प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा बढ्दो मानसिक स्वास्थ्य सङ्कट, उपचारभन्दा अझै अन्धविश्वासमा भरोसा
-
काभ्रेको नमोबुद्धमा खाद्यको अनुगमन: भान्छामा भेटियो साङ्लादेखि अखाद्य वस्तुसम्म
-
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
-
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
-
राताेपाटीकर्मी आचार्यसहित चार पत्रकार पुरस्कृत हुने
-
गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर, तत्काल भारत नलगिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण